दीपक गौतम र समीक्षा दाहालको स्वरमा नयाँ गीत ‘कौसीमा बसेर’ सार्वजनिक भएको छ । उमेश लम्सालको शब्द रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रशारण)
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधवार बिहान ११ बजेदेखि बस्दै छ ।
अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरूको खोजी हुन सकेको छैन ।
आगो लागि परि घाइते भएका ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जङ्गलमा मङ्गलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा बुधबार अस्पताल मृत्यु भएको हो ।
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् ।
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माण अलपत्र परेको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
हल सञ्चालकहरूबाट राम्रो ‘सो’ नपाएपछि आफैँ प्रदर्शन गर्न ओर्लिएको चलचित्र ‘द सेक्रेट अफ राधा’ को टिमले बेला बेलामा विशेष प्रदर्शनी गर्दै आएको छ । गत भदौमा प्रदर्शन भएर पनि उल्लेखीय सो नपाएर अन्याय महसुस गरेको ‘बुसान चलचित्र महोत्सव’ बाट ‘स्टोरी ग्रान्ट’ अवार्ड प्राप्त चलचित्र राधाको टिमले हालै विशेष प्रदर्शनी गरेको छ ।
राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५, मार्मिङ ट्याङ्थलीमा ‘अरनिको गाउँ’ पुनर्निर्माण भएको छ । ‘
एएनपी मिडिया हाउसले राजधानीमा आयोजना गरेको ‘लिटिल स्टार नेपाल–२०८०’ मा ‘सिनियर डान्स’ तर्फ अभिषेक यादव, ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवार र गायनतर्फ रोज तामाङले उपाधि जित्नुभएको छ ।
मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट खण्डमा कालोपत्रे सडकमा अलकत्रा बग्न थालेको छ । गर्मी बढेसँगै मुसीकोट नगरपालिका–३, खरखरे क्षेत्रको सडकमा अलकत्रा बग्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।
आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ ।