• ९ मंसिर २०८१, आइतबार

‘लिटिल स्टार नेपाल’ सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २७ गते  । एएनपी मिडिया हाउसले राजधानीमा आयोजना गरेको ‘लिटिल स्टार नेपाल–२०८०’ मा ‘सिनियर डान्स’ तर्फ अभिषेक यादव, ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवार र गायनतर्फ रोज तामाङले उपाधि जित्नुभएको छ । 

चौथो संस्करणको प्रतियोगितामा ‘सिनियर डान्स’ तर्फ अस्मि नेपाल प्रथम उपविजेता, रुवेन रसाइली द्वितीय उपविजेता, प्रिन्सिका कार्की तृतीय उपविजेता र ‘पब्लिक च्वाइस’ तथा अभिषेक यादव ‘मस्ट पपुलर’ हुनुभयो ।

त्यस्तै ‘जुनियर डान्स’तर्फ यान्ना श्रेष्ठ प्रथम उपविजेता, ताकी राई द्वितीय उपविजेता आलिया तामाङ तृतीय उपविजेता, निश्मा बस्नेत ‘पब्लिक च्वाइस’ र मानसी बस्नेत ‘मस्ट पपुलर’ भए । ‘गायन’ तर्फ युमी राई प्रथम उपविजेता, अंशु कार्की द्वितीय उपविजेता, प्रनेक अधिकारी तृतीय उपविजेता, दिपिशा कार्की ‘पब्लिक च्वाइस अवार्ड’ र नुनुम्सा राई ‘मस्ट पपुलर अवार्ड’ विजेता बन्नुभयो । प्रतियोगितामा गायनतर्फ विनोद ढकाल, रमेश पाठक र नृत्यतर्फ तुलसा कटुवाल र सरिता शाह निर्णायक हुनुहुन्थ्यो ।