प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नगरेको स्पष्ट पारेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धमा आएका झुटा समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ।
११औं कान्तिपुर हाफ म्याराथन जेठ ६ गते हुने भएको छ । म्याराथनको यसपालि मुख्य नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममै रहेको अवस्थामा नेपाली कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको छ ।
चन्द्रपुर नगरपालिकाले आवश्यक प्रकृया पूरा नगरी सरकारी जमिन हड्पेर विद्युतीय सवारी चार्जिङ् सेन्टर निर्माणको जिम्मा लगाएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताउनुभएको छ।
सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ ।
आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ ।
कैलालीमा ४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन भएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको मिटरब्याज पीडित सहायता कक्षमार्फत आजसम्म ४५ जनाले निवेदन दिएका हुन्।
जनता समाजवादी पार्टीले आउँदो असारको ९ देखि ११ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने भएको छ।
सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।
जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग माग गर्नु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोसँग माग गर्नुभएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गर्नुभएको छ ।