आइतबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सोमबारका लागि सरेको छ। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको हो।
मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विधेयक पारित गर्न माग गर्दै मिटरब्याज पीडितले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
दुर्गमका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सहज रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पाल्पाको माथागढी गाउँपालिकाले दुर्गम वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।
खोटाङका ग्रामीण क्षेत्रका गर्भवती महिलाले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । जिल्ला सदरमुकामभन्दा टाढा रहेको खोटेहाङ गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएसँगै गर्भवती महिलाले निःशुल्क र अन्य बिरामीले सुलभ सेवा पाउने भएका हुन् ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा एकीकृत सेवा केन्द्र हुनुपर्ने माग राख्दै नगरवासीहरु आन्दोलित भएका छन् ।
चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत पैँतीस सय भन्दा बढी विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
गौतमबुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहस्थित प्राचीन दरबार रहेको दाबी गरिएको खयरडाँडामा प्राचीन इनार र मध्यकालीन अवशेष भेटिएको छ ।
पूर्व-पश्चिम लोकमार्गको कञ्चनपुर-कमला सडक खण्डमा आवश्यक बजेट उपलब्ध नहुँदा सडक र पुल निर्माणको कामले गति लिन सकेको छैन ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुई दिने मुख्य न्यायाधिवक्ताहरुको चौथो राष्ट्रिय सम्मेलन नौ बुँदे जनकपुर घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
काठमाडौँ, असार २४ गते । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सार्नुभएको हो । टेलिफोन संवादमा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामनासमेत दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । रासस
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् बैठक सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आग्रह गर्नुभएको छ ।