ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालकै तेस्रो ठुलो स्थानीय तह हो। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा यही गाउँपालिकामा पर्दछ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको फक्ताङ्लुङ गाउँपालिकामा जलस्रोतका रूपमा तमोर नदी, घुन्सा खोलालगायत छन्। धेरै पर्यटकीय
गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।
केही महिना जग्गाको कित्ताकाट रोकिएका कारण घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व सङ्कलन कम भएपछि स्थानीय तहलाई योजनाको भुक्तानीमा समस्या भएको छ। गत वर्ष काभ्रेपलाञ्चोक जिल्लामा घरजग्गा रजिस्ट्रेसनबापत एक अर्ब २७ करोड २२ लाख १८ हजार २९४ रुपियाँ राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको असार २० गतेसम्म ५४ करोड ९५ लाख ७९ हजार १९८ रुपियाँ राजस्व सङ्कलन भएको मालपोत कार्यालयले जनाएको छ।
हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल पर्यटन विभागले हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको हो । पर्यटन विभागका आरोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई बेपत्ता भएको भनी छोडेर आउने प्रवृत्ति बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागु गरिएको बताउनुभयो ।
युवा साहित्यकार अनल गौतमले एकै पटक दुई पुस्तक सार्वजनिक गर्नुभएको छ । काठमाडौँमा आयोजित एक साहित्यिक कार्यक्रमबिच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साइकल’ एकैसाथ लोकार्पण गरिएको हो । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतका व्यक्तित्वले ती पुस्तक लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथासङ्ग्रह निकै नै रोचक र समसामयिक भएको बताउनुभयो । कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साइकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले सङ्ग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकलाई छुने धारणा व्यक्त गर्नुभयो ।
बागलुङ नगरपालिका–४ दारेगौंडामा ट्याक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै । अहिले खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ ।
अमेरिकाको न्युयोर्कमा रहेको नेपाल भिजन इनकर्पोरेटेडले निक आइमोनस् फाउन्डेसन र संस्थाको उपसभापति डा. जिम र मारलियन आइमोनस्लाई सम्मान तथा अभिनन्दन गरेको छ । उक्त संस्थाले नेपाल र नेपालीलाई गर्दै आएको सहयोगको स्मरण गर्दै नेपाल भिजनले संस्था र त्यसका उपसभापतिलाई सम्मान गरेको जनाएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिनुभएको थियो । उहाँ आत्मनिर्भर मात्र बन्नुभएको छैन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउनासाथ अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक कार्यक्रममा उहाँले मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजाँदा पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताउनुभएको हो ।
कृषि क्षेत्रको सुधारका लागि नीतिगत तहबाट नै सुधार गर्नुपर्ने धारणा प्रतिनिधि सभाका सदस्यहरूले राखेका छन् । खाद्यका लागि कृषि अभियानले आइतबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूसँग ‘नेपाली कृषिको भविष्य : सम्भावना तथा चुनौती’ विषयमा गरेको छलफलमा उहाँहरूले सो कुरा राख्नुभएको हो ।
ऊर्जा क्षेत्रको समानुपातिक र सन्तुलित विकासका लागि मुलुकमा उपलब्ध सौर्य ऊर्जाको सम्भावना सदुपयोगमा सरकारले विशेष ध्यान पु-याउने बताएको छ । एसियाली विकास बैङ्क (एडिबी) र इन्टरनेसनल सोलार एलायन्स (आइएसए) आइतबार संयुक्त रूपमा आयोजना गरेको कार्यशाला गोष्ठीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीले यस्तो बताएका हुन् ।
उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिनुभयो ।
नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको छ ।
सामुदायिक विद्यालय कार्यसम्पादन नतिजामा कमजोर देखिएका छन् । शिक्षामा लगानी कम भयो भन्ने विषयमा बहस भइरहेका बेला विद्यालयमा हाल गरिएको लगानीको उपलब्धि पनि सन्तोषजनक नरहेको सरकारी अध्ययनले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको कार्यसम्पादन परीक्षण प्रतिवेदन अनुसार अध्ययनमा समेटिएका ८२ प्रतिशत विद्यालयको उपलब्धि सामान्य मात्रै छ । केन्द्रले २०७३ सालदेखि सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण सुरु गरेको थियो । केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले सुरुका वर्षमा आठ वटा विद्यालयबाट सुरु गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म पाँच हजार ४९३ विद्यालयको कार्यसम्पादन परीक्षण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन १ गतेदेखि वीर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।