नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न भएको पाइएपछि राउतलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले राउत पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्यसचिवलाई जानकारी गराएको छ।
जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्।
घोराही–४ का किसान धान रोपाइँका लागि राँगाको सहायताले खेत जोत्दै । पछिल्लो समयमा कृषिमा यान्त्रिकरण भए पनि गोरु र राँगाको सहायतामा खेत जोत्ने गरिन्छ । तस्बिरः रञ्जिता अधिकारी/रासस
संयुक्त राजनीतिक दलित संघर्ष समितिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार बुझाएको ज्ञापन पत्रमा दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल लिन माग गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताउनुभएको छ।
नेपाली प्रहरीले डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो सत्य नभएको पुष्टि भएको जनाएकाे छ ।
नेपालगन्जबाटै पश्चिम नेपालका सबै जिल्लाको मौसम पुर्वानुमान जानकारी हुन थालेको छ । नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी गराउने डिजिटल प्रणाली जडान गरिएपछि विहानै यहाँबाट पश्चिम नेपालको दिनभरिको मौसमबारे जानकारी हुन थालेको हो ।
इलामको सूर्याेदय नगरपालिका –११ को एक कृषि फार्मलाई रासायनिक मल अनाधिकृत रूपमा बेचेको आरोपमा दुई लाख रुपियाँ जरिवाना गराइएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताउनुभयो। साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुने छ।’
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा –६ छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले ७ हजार चियाका बिरुवा रोपेको हो ।
नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेश सभाका सदस्य खगेनसिंह हाङ्गामद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । असारको पहिलो साता मैवाखोला गाउँपालिकामा गएको पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दुई हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद् विभिन्न १५ वटा जिल्लाका विद्यालयस्तर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले औपचारिक कार्यक्रमका लागि नै भनेर केन्द्रीय कार्यालय नआएको वर्षौँ भयो । निर्वाचनका बेला टिकट वितरण, केही अनौपचारिक छलफल र विकासका कार्यक्रमबारे पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउन जिल्ला सभापतिहरू केन्द्रीय कार्यालयमा आउने र सांगठानिक कुरा औपचारिक छलफलमै सीमित हुने गरेको थियो ।