पर्यावरण तथा मौसम परिवर्तनमा सराहनीय भूमिका देखाउन डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष छ लाख बिरुवा रोप्ने लक्ष्य राखेका छन् ।
तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो ।
वालिङ नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ ।
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका-४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिनुभयो ।
जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड।।। कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार ।
धनुषाको कमल नगरपालिका–२, माचिझिटकैयामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । आइतबार बिहान सोही वडाका ५५ वर्षीय सूर्यदेव ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो ।
कुस्तीको दुनियाँका बादशाह आन्द्रे द जाइन्टले एक पटक उडिरहेको विमानमा आफ्नो दिसा र अपानवायुले यात्रुलाई झन्डै मारेका। उनको दिसा र अपानवायुको गन्धले केही यात्रुलाई वाकवाकी लाग्ने र बान्ता आउलाजस्तो भयो केही चाहिँ मुर्छा पर्ने गरी हाँस्न थाले। विमानमा एकछिन त कोलाहल नै भयो। वल्र्ड रेस्लिङ फेडरेसन च्याम्पियन आन्द्रे द जाइन्टलाई बोइङ–७४७ विमानमा सावर भएर टोकियोबाट अमेरिका जाने क्रममा पेटमा समस्या भएको थियो। रिङमा प्रतिद्वन्द्वीलाई चित् पारेका उनी १४ घण्टाको उडानमा अन्य यात्रुको समस्या बने।
मायामी, बर्मुडा र प्युर्टो रिकोलाई बिन्दु मानेर कल्पना गरिएको बर्मुडा ट्राएङ्गलभित्र अत्तोपत्तो नहुने गरी कैयौँ पानीजहाज र विमान बेपत्ता भएका छन्। के कति कारण यसरी जहाजहरू बेपत्ता भएका हुन्, त्यो अझैँ पनि रहस्यमै छ। करिब ८० वर्ष पहिले एक घमाइलो दिनमा फ्लोरिडामा रहेको अड्डाबाट जलसेनाका पाँच विमानले प्रशिक्षणका लागि उडान भरे, जसलाई फ्लाइट–१९ नाम दिइएको थियो। त्यसपछि फ्लाइट–१९ का कुनै पनि विमानको चालक दलका सदस्य देखा परेका छैनन्।
डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।