नटुवा जातिको छोटो र स्पष्ट परिचय दिन केही समस्या छन्। यो जातिलाई नट, नटुवा, नेटुवा, नेटु पनि भनिन्छ। यो जातिका वयस्क सदस्यले साहु महाजनको घरमा मर्दापर्दा गीत गाउने, नाचगान देखाउने, कला प्रदर्शन गर्ने भएकाले ‘नचुवा’ जाति भन्दै गर्दा अपभ्रंश भएर नटुवा भएको विचार पनि कतिपयले व्यक्त गरेका छन्। नेपालका आधिकारिक कागजातमा भने यस जातिलाई नटुवा भनिएको छ। राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा भनी उल्लेख गरिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी स्वदेश फर्कनु भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला स्वास्थ्य उपचार सेवाको दृष्टिले निकै सुगम मानिन्छ। प्रदेश अस्पतालसहित दुई वटा ठुला सरकारी अस्पताल, ४७ वटा स्वास्थ्य चौकी, ४५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २५ वटा प्रयोगशाला रहेका छन्। कुल ९९ वटा वडा रहेको सुर्खेतमा स्वास्थ्य संस्था नभएको वडा छैन। एक वटा एक स्वास्थ्य संस्था रहेका छन् तर आर्थिक वर्ष २०७९/८० मा १३७ जना महिला घरमै सुत्केरी भएको पाइएको छ। स्वास्थ्य संस्थामा सुरक्षित रूपमा प्रसूति गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि प्रदेश राजधानी भएको जिल्लामा समेत त्यो जनचेतना पुग्न सकेको छैन। जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले १३७ जना महिला घरमै सुत्केरी भएको देखाएको छ।
हिउँदमा खानेपानीको सङ्कट भोग्दै आएका वीरेन्द्रनगरवासीले वर्षाको समयमा समेत पानी अभाव झेल्नुपरेको छ। पछिल्ला दिनमा नियमित बर्सात भइरहेको छ। तथापि वीरेन्द्रनगरवासीको धारामा पानी झरेको छैन। वीरेन्द्रनगर नगरपालिका–१ की लीला खड्काले खानेपानीको अभाव थप चुलिएको बताउनुभयो। उहाँका अनुसार गर्मीयाममा छ दिनको एक पटक पानी आउने गरेको थियो। १० दिनदेखि धारामा खानेपानी आएको छैन।
अनेरास्ववियु आर आर क्याम्पस कमिटीले आयोजना गरेको प्रथम अनेरास्ववियु आर आर भलिबल कप–२०८० को उपाधि नेपाल कमर्श क्याम्पस काठमाडौँले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा न्युटन कलेजलाई ४–१ ले पराजित गर्दै नेपाल कमर्श क्याम्पसले उपाधि हात पारेको हो । उपाधिसँगै नेपाल कमर्श क्याम्पसले नगद एक लाख जित्यो । दोस्रो हुने न्युटन कलेजले ५० हजारमा चित्त बुझायो ।
जाजरकोटका लोपोन्मुख तथा सीमान्तकृत वर्गलाई अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ। नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिकाका विभिन्न स्थानमा रहेका सीमान्तकृत वर्गका लागि क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिएको छ। सीमान्तकृत वर्गका माझी, गन्धर्व, बादी, मुक्त हलिया समुदायका सर्वसाधारणले राज्यले दिने सेवा सुविधा पाउन नसकेकाले मूलधारमा ल्याउन सचेतना अभिवृद्धि तथा अभिमुखीकरण गरिएको जनाइएको छ।
सङ्घीय सरकारको सत्तारूढ गठबन्धन दल नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ। गठबन्धनबिच केन्द्रमा भएको सहमति अनुसार सो पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको हो। सो पार्टीलाई सरकारमा सहभागी गराउन प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक पार्टीका संरक्षक रेशम चौधरीबिच छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
आलीताल गाउँपालिका–७, बलौचा गाउँकोमाथि र मुनिको डाँडो पहिरोले पूरै भासिएपछि भूगर्भविधको टोलीले बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको साढे दुई वर्ष पुग्यो तर बस्ती कहीँ कतै पनि स्थानान्तरण हुन सकेको छैन। बस्ती स्थानान्तरण हुन नसक्दा बलौचाका स्थानीयवासी हिउँदमा चर्केका घर र बर्खामा जङ्गलभित्र टेन्टको बसाइ गर्दै आएका छन्। चुरे क्षेत्रको यो बस्तीमा खानेपानीको समेत हाहाकार रहेको छ। २०७७ साल असोज र कात्तिकको बेमौसी अविरल वर्षाले बस्ती बसेको डाँडो नै भासिएको थियो।
सुदूरपश्चिम सरकारले सार्वजनिक गरेको बजेट अपाङ्गमैत्री नभएको भन्दै विगत दस दिनदेखि आन्दोलनरत अपाङ्गता भएकाले प्रदेश सरकारको प्रतिबद्धतापछि आन्दोलन रोकेका छन्। प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बजेट अपाङ्गतामैत्री बनाउने प्रतिबद्धता वयक्त गरेसँगै आन्दोलन रोकेका हुन्। अनसनबाट सुरु भएको सडक आन्दोलन रोकिएको बताइएको छ। अपाङ्ग्ता भएकाहरूको हक अधिकार र सम्मानित जीवनयापनका लागि उठाइएका मागलाई मन्त्री साउदले तत्कालै बजेटबाट सम्बोधन गर्न सकिने, नीतिगत रूपमा सुधार गर्नुपर्ने र अन्तरमन्त्रालय वा निकायसँग समन्वय गर्ने र बाँकी विषयमा थप छलफल गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन रोकिएको हो।
पाल्पाको रिब्दीकोट गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७७० रहेको छ। यसको क्षेत्रफल १२४.५५ वर्ग किलोमिटर रहेको छ। जिल्लाको मध्यभागमा पर्ने यस गाउँपालिकावासीको आम्दानीमा कृषि व्यवसायको ठुलो हिस्सा रहेको छ। स्थानीय बासिन्दाको आम्दानीको स्रोत वैदेशिक रोजगारी पनि हो। अध्ययनका लागि बिदेसिने र बसाइँसराइ गर्ने क्रम पनि बढिरहेको छ। दोस्रो स्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष बितिसकेको छ। यहाँको विकासका लागि जनप्रतिनिधि लागिपरेका छन्। गाउँपालिकाका अध्यक्ष नारायण कार्कीसँग गोरखापत्रकर्मी बिन्दु थापाले गरेको कुराकानी :
सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।
१० वर्षे जनयुद्धकालमा सबैभन्दा सुरक्षित र छोटो मार्ग थियो बिजौरी हुँदै ग्वारखोलाको तिरैतिर रोल्पा पुग्ने घोडेटो बाटो। त्यही घोडेटो अहिले सडकका रूपमा निर्माण भएको छ। घोडेटोको अधिकांश ठाउँमा फट्के थिए। त्यही फट्के भएका ठाउँमा अहिले पुल निर्माण गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार फट्केको ठाउँमा पुल निर्माण गर्दा बिजौरीदेखि होलेरीसम्म सडक सञ्चालनमा सहज भएको छ।
स्याङ्जाको कालीगण्डकी–३ मा अवस्थित आलमदेवी मन्दिरमा पहिलेदेखि चलिआएको कुनै चलन पनि परिवर्तन भएको छैन। पूजा व्यवस्थापन समितिले कुनै पनि नियम परिवर्तन नभएको जनाएको हो। आलमदेवी मन्दिर सबै महिलाका लागि पनि खुला रहेको भन्ने समाचार बाहिर आएपछि पूजा व्यवस्थापन समितिले यस्तो जानकारी गराएको हो। समितिका अध्यक्ष पृथ थापाले भन्नुभयो, “मन्दिरमा पहिलेदेखिको चलन र नियममा कुनै परिवर्तन गरिएको छैन।” शाह वंशीय महिलाहरू भने मन्दिरभित्र प्रवेश गरी पूजाअर्चना गर्न पाउने चलन रहेको थापाले बताउनुभयो। शाह वंशीय कुलदेवीको मन्दिर आफूहरूले संरक्षण गरिदिएको हो। यो उहाँहरूकै इतिहास हो। त्यसैले सबै महिलाले मन्दिरमा प्रवेश पाउँदैनन्। पहिलेदेखि नै यस्तो प्रचलन रहेको छ। त्यो अहिले पनि कायम रहेको र यसमा परिवर्तन नभएको उहाँको भनाइ छ।