सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी पूर्व नवलपुरको कावासोती–१,बाट देखिएको केरुङ्गे खोलाको दृश्य । केरुङ्गे खोलाले बर्सेनि यहाँको खेतीयोग्य जमिन कटान गर्ने गरेको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनभित्रै प्रदेश सरकारलाई पूर्णता दिइने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
भन्सार एजेन्टले आर्थिक ऐन २०८० मार्फत भएको भन्सार ऐन २०६४ समय सापेक्ष संशोधन भएको बताएका छन्। भन्सार विभागलाई ध्यानाकर्षण पत्र लेख्दै उनीहरूले भन्सार ऐन समय सापेक्ष संशोधन भएकोमा कसैको दुई मत नभएको बताएको हो।
नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेशन बीचमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको छ।
कोहलपुरमा पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदूरीका बसपार्कको आज उद्घाटन गरिएको छ । आज एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बसपार्कको उद्घाटन गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको र उहाँले संसद् बैठकमा माफी मागे मात्र सदन खुल्ने बताउनुभएको छ ।
कास्कीको मादी गाउँपालिका –१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ। पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो।
बागलुङ नगरपालिका–९ स्थित पहिराको जोखिममा परेको तित्याङ स्वास्थ्यचौकी । स्वास्थ्य चौकी संरक्षणका लागि बागलुङ नगरपालिकाले विभिन्न उपाय अपनाइ रहेको छ ।
नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा राधा चालिसे निर्वाचित हुनुभएको छ ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बाँकेका तीन वटा स्थानीय तहको कार्यालय भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिएपनि निर्माण व्यवसायीको ढिलाइले गर्दा बाँकेको जानकी, नरैनापुर र खजुरा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य अलपत्र परेको हो ।
जिल्ला ट्राफिक कार्यालय धनकुटाले आजबाट लापसे सेवन चेक जाँच सुरु गरेको छ । ट्राफिक सप्ताह कार्यक्रमको अवसर पारेर लागु पदार्थ सेवन चेक जाँच गर्न सुरु गरिएको हो ।
मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।