चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् ।
गर्मी बढेसँगै बाँकेमा अघोषित विद्युत् कटौती बढ्न थालेकाले उद्योग व्यवसाय सञ्चालनमा समस्या हुन थालेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गत केही समयदेखि जिल्लामा विद्युत् अनियमित र अघोषित रूपमा कटौती हुन थालेकाले उद्योगी व्यवसायी सबैभन्दा बढी मारमा परेको गुनासो चारैतिरबाट आइरहेको बताउनुभयो । उहाँले बिनाकुनै सूचना दिनमा दर्जनौँ पटक विद्युत् कटौती भइरहेकाले उद्योग व्यवसाय सञ्चालनमा अवरोध भइरहेको र उत्पादनसमेत निकै घट्दै गएको जानकारी आएको बताउनुभयो ।
केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो ।
नेपाल बैङ्कर्स सङ्घ (एनबिए) का अध्यक्ष सुनील केसीले ब्याजदर अझै घट्ने बताउनुभएको छ । सङ्घले सोमबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले तरलता सहज हुँदै गएको र ब्याजदर अझै घट्ने बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको सङ्घका अध्यक्ष केसीले बताउनुभयो ।
‘अन्तर्राष्ट्रिय व्यापार तथा व्यापार नीति’ सम्बन्धी पाँचदिने प्रशिक्षण कार्यशाला सुरु भएको छ । व्यापार नीति निर्माण, कार्यान्वयन र व्यापार वार्ताका लागि नेपालको क्षमता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै युरोपेली सङ्घको आर्थिक सहयोग अन्तर्गत इयु–नेपाल व्यापार तथा लगानी कार्यले नेपाल सरकारका वाणिज्य क्षेत्र सम्बद्ध अधिकारीहरूका लागि प्रशिक्षण सुरु गरेको हो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले चलाएको दसवर्षे सशस्त्र द्वन्द्वको अन्त्य विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत भएको थियो। सो सम्झौता अनि वैधानिक व्यवस्था अनुसार त्यो द्वन्द्वका घाउहरू निको भएर राष्ट्रिय मेलमिलाप हुँदै मुलुक समृद्धितर्फ अगाडि बढिसक्नुपर्ने थियो। तत्कालीन द्वन्द्वरत पक्षहरू पटक पटक सत्ता नेतृत्वमा पुगेका छन् तर अझै सशस्त्र द्वन्द्वका व्रmममा बेपत्ता पारिएका नागरिकको अवस्थाबारे पीडित परिवारले जानकारी पाउन सकेका छैन
नेपालको संविधानको धारा ११९ को उपधारा (३) अनुसार आगामी जेठ १५ गते सङ्घीय सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट जारी हुने छ। यो नियमित कार्य भए पनि आगामी आवको बजेट निर्माणमा सरकार गम्भीर हुनुपर्ने परिस्थिति सिर्जना भएको छ। कोभिडको सङ्व्रmमणपछि थलिएको विश्वव्यापी अर्थतन्त्रको खराब प्रवृत्तिबाट हामी पनि अछुतो छैनौँ। यसर्थ सर्वप्रथम बजेटको आकार नै उपयुक्त हुनुपर्ने आवश्यकता बोध भएको छ। चालु आवको बजेटको आकारलाई मध्यावधि समीक्षाद्वारा साढे दुई खर्बले सानो बनाइएको छ। यसरी घटाइएको बजेटको पनि अधिकतम् ८० प्रतिशत हिस्सा खर्च हुनेमा आशङ्का छ। यसर्थ आगामी आवमा चालु आवको भन्दा सानो आकारको बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति छ। प्रस्तुत सन्दर्भमा राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको सिलिङ १६ खर्ब ८८ अर्ब निर्धारण गरे
जीवनका भोगाइ ज्ञान र अनुभवका पत्रैपत्र हुन् । मानिसले ती भोगाइलाई आफूमै सीमित राख्दा ऊसँगै ती विलिन हुन्छन् । हाम्रा पुर्खाका कतिपय अमूल्य ज्ञान र अनुभव त्यसैगरी पुर्खासँगै विलन भए । यात्रा आफैँमा अनुभव र भोगाइ हो ।
वर्तमान हामी बगे पनि, जमे पनि बाफिए पनि, वर्षिए पनि हाम्रो अस्तित्व एउटै हो ! तिमी पनि पानी, म पनि पानी
कुनै पनि राष्ट्रका लागि बेरोजगारी गम्भीर समस्या हो। विकासोन्मुख देशलाई यो समस्याले निकै पिरोलिरहेको पाइन्छ। गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो। नेपाल बेरोजगारीको समस्याले आव्रmान्त छ। यहाँ बर्सेनि बेरोजगारी वृद्धिकोे कारणमा जनसङ्ख्याको वृद्धि, कृषिबाट हुने आयस्रोत राम्रो नहुनु, औद्योगीकरण
तत्कालीन थारु राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझेलमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ ।
विराट् काव्य प्रतिभाका धनी नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको कवितामा मूल रूपमा देश, प्रेम, सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एवं विद्रोहको क्रान्ति चेतना र युग बोधको प्रबल भावना व्याप्त भएको पाइन्छ। युगकवि श्रेष्ठका अनुसार “उज्यालो घामको निम्ति जिउँदो अन्धकारसित लडन्त–भिडन्त गरिरहनु नै मानव जीवन हो। यो लछार
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीको महत्वपूर्ण योगदान छ। भारतमा अङ्ग्रेजहरूले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए। सर्वप्रथम सन् १७५७ मा लर्ड क्लाइवले पहिलो गभर्नरका रूपमा शासन सत्ता स्थापना गरेपछि व्रmमशः ४१ जना गभर्नर र भायसरायहरूले भारतलाई उपनिवेश बनाई शासन गरे। अन्तिम भायसराय लुइ माउन्टवेटनले सन् १९४७ को १४ अगस्तसम्म भारतमा शासन गरे।
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल निर्माणको लिएको ठेकेदार बेपत्ता बनेको छ । वि.सं. २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता गरेपछि ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभी हालसम्म बेपत्ता भएको हो ।