सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवन रूपान्तरणमा लाग्नु राजनीतिक र सञ्चार क्षेत्रको साझा दायित्व भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सके वार्षिक १३ लाख जनसङ्ख्याले प्रत्यक्ष रोजगार पाउन सक्ने बताउनुभएको छ ।
त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ ।
आजको बैठकमा राष्ट्रपतिबाट सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/०८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।
जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत जनजीवनका सरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले नेपालमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभएको छ । पहिले भारतबाट वा राजनीतिक दलका माध्यमबाट अदृश्य रूपमा हुने हस्तक्षेप एमसीसी संसदबाट अनुमोदनपछि पछिल्लो समय सिधै हुने गरेको बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त विस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परीक्षामा प्रथम हुने विद्यालयलाई नगद दुई लाख पुरस्कार प्रदान गरिने भएको छ।
घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैङ्किङ कसुर र आर्थिक अपराधमा पाँच हजार ३१२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैङ्किङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।
चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।
हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । 'आरआरआर', 'थोर', 'डाइभर्जेन्ट' फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो ।