सामाजिक सुरक्षा कोषले कोषमा अस्थायी करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । कोषले मङ्सिरदेखि नै कोषको अस्थायी करार सेवा तथा ज्यालादारी सेवामा रहेका कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सरकारी तहबाट यसअघि भएको घोषणा अनुसार कोषले कोषको सचिवालयमा करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई कोषको योजनामा समेट्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का संयुक्त राष्ट्र संघको आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज घाना प्रस्थान गर्नुभएको छ ।
भूकम्पबाट प्रभावित रुकुमपश्चिमका विद्यालयहरूमा पठनपाठन नियमित बनाउन अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा २१३ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका हुन् । अस्थायी सिकाइ केन्द्र निर्माण भएपछि विद्यालयमा आउने विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय तहले विभिन्न दातृ निकायसँग समन्वय गरेर अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन नियमित गरिएको जनाएका छन् । आठबिसकोट नगरपालिकामा १३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्ने जहाजलाई प्रत्येक उडानको पाँच लाख रुपियाँ प्रोत्साहन रकम दिने तयारी गरिरहेको बताउनुभएको छ। नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले विमानस्थल सञ्चालन माग गर्दै बुझाएको ज्ञापनपत्र आइतबार बुझ्दै उहाँले उक्त कुरा बताउनुभएको हो। “भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले प्राथमिकतासाथ अघि बढाउँदै जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिरहेको छ,” उहाँले भन्नुभयो, “यी विमानस्थलबाट जसले नियमित उडान गर्छ, त्यसलाई प्रोत्साहन दिने तयारी गरिरहेका छौँ ।”
विश्वका एक सयभन्दा बढी देश र क्षेत्रका सञ्चार माध्यम, विचार समूह र अन्तर्राष्ट्रिय संस्थालगायत करिब २०० संस्थाका ४५० भन्दा बढी प्रतिनिधि उपस्थित चीनको ग्वाङ्झोउमा विश्व सञ्चार शिखर सम्मेलन शुरू भएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा अज्ञात पक्षले शनिबार राती आगजनी गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनुभएको छ।
रुकुमपश्चिममा पहिचान नखुलेको एक शवको दाहसंस्कार गरिएको छ । मङ्सिर १० गते जिल्लाको सानीभेरी गाउँपालिका–३ मुलपानीस्थित सानीभेरी नदीको किनारमा भेटिएको शव आज आइतबार दाहसंस्कार गरिएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे युएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको हो।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले गणतन्त्र र संघीयता ल्याउन मिडियाको भूमिका खेलेकाले अब सो व्यवस्था बलियो बनाउन पनि भूमिका खेल्नुपर्ने आग्रह गर्नुभएको छ ।
टीकापुर नगरपालिका –१ का भूमिहीन सुकुम्वासीले छिटो निस्सा पाउनुपर्ने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले नगरपालिकामा सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
फिदम माविको खेल मैदामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले इलामलाई १–० गोलले हरायो । झापाको जितमा श्याम मुर्मुले २१औँ मिनेटमा गोल गर्नुभयो । मुुर्मु म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
प्रेस काउन्सिल नेपालले दर्ता, सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गणतन्त्रमाथि राजावादी र अवसरवादीबाट आक्रमण भइरहेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ क को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ ।