वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का नेता एवम् सांसद देवेन्द्र पौडेलले अर्थ प्रणाली गम्भीर अवस्थामा पुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने समय भएको बताउनुभएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका -९ गब्दहवाको अगिया खोलामा ठेकेदारले अवैध उत्खनन गरेका छन् । पद्मदिम कन्स्ट्रक्सन जैमिनी नगरपालिका बाग्लुङ्ले ठेक्का पाएको खोलामा एक्साभेटर प्रयोग गरी उत्खनन गरिएको हो ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीलाई भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्न आग्रह गर्नुभएको छ ।
एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई वटा घटना भए । नरैनापुरमा–३ गेग्लीमा भएको आगलागी सेलाउन नपाउँदै सोही वडाको जनतापुर पनि घर जलिरहेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताउनुभएको छ ।
सरकारकाे नीति तथा कार्यक्रममाथि दाेश्राे दिन पनि प्रतिनिधि सभाका सांसदहरूले धारणा राख्नुभएकाे छ ।
लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीहरू रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीन जना मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।
जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा बजारसहित रुकुम कारागारमा एक सातायता खानेपानी समस्या भए पनि समाधानको प्रयास हुन सकेको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदीबन्दीलाई थप समस्या भएको छ । पिउने पानी, शौचालयको प्रयोग र सरसफाइका लागि पानीको अभाव हुँदा छिमेकबाट मागेर काम चलाउँदै आएको छ । कारागारमा पानीको समस्या नहोस् भनेर पानीको मुहानबाट सिधा लाइन जोडिए पनि गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि पानीको समस्या भएको हो ।
बाँकेको एउटै गाउँपालिकामा १० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी छन् भन्दा कमैलाई विश्वास लाग्ला तर यो वास्तविक देखिएको छ।