• १२ साउन २०८१, शनिबार

रुकुमपश्चिमका भूकम्पपीडितलाई सञ्चारमन्त्रीद्वारा न्यानो कपडा हस्तान्तरण

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई सहयोग हस्तान्तरण गर्नुहुँदै । तस्बिर : मन्त्री शर्माको सचिवालय

रुकुम, मङ्सिर १७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका भूकम्पपीडितलाई पाँच सय थान सिरक हस्तान्तरण गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

चिसोका कारण भूकम्पपीडितलाई समस्या परिरहेकाले थोरै भए पनि सहयोग होस भनेर न्यायो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रहनुभएको छ । उहाँले शनिबार सल्यानमा  पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको थियो । आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।