विधायन व्यवस्थापन समितिले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ ।
गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ ।
पपुवा न्युगिनीले सोमबार संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र बन्दरगाहहरूमा पहुँच प्रदान गरेको छ ।
सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताउनुभएको छ । संविधान निर्माणमा योगदान गरेका नेताले यसो भन्नु गलत भएको उहाँको भनाइ छ ।
सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि सांसदहरूले मिश्रित प्रतिक्रिया दिनुभएको छ ।
राष्ट्रिय सभाका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम समयानुकूल रहेकाले कार्यान्वयन उचितरुपमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ ।
प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।
तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
नेकपा (एमाले) का नेता एवम् प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस् कुरा नभएको टिप्पणी गर्नुभएको छ ।
वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का नेता एवम् सांसद देवेन्द्र पौडेलले अर्थ प्रणाली गम्भीर अवस्थामा पुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने समय भएको बताउनुभएको छ ।