नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)मा गोपालप्रसाद निउरेले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सिडेनको भावी अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताउनुभएको छ ।
सफा हिमाल अभियान-२०२३ मा सहभागी ओखलढुंगा स्थायी बासिन्दा शेर्पा सरदार आङकाजी शेर्पाको दुःखद निधन भएको छ ।
शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा शीर्ष टोली चर्च ब्वाइजले शेर्पासँग १-१ गोलको बरबारी खेल्दै अङ्क बाँडेको हो ।
जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ । अध्यक्ष यादवको प्रेस संयोजक महेश चौरासियाले सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरामा डोजर चलाएको छ । नगरपालिकाले १ बिगाह २ कठ्ठा क्षेत्रमा रहेका करिब दुई सय वटा टहरा हटाउन सुरु भएको हो । नगरपालिकाले पूर्वपट्टिबाट टहरा हटाउन सुरु गरेको छ ।
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराधको प्रस्तावसहित प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
साबिक विजेता नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा सानदार सुरुवात गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी महिना जिम्बावेमा हुने आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोटका लागि २२ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
अविरल वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक बनाउन सुरु भएको छ । बाढी पहिरोले भत्किएको साँफे मार्तडी सडकअन्तर्गत बार्जुगाड सेराबजार बल्दे अम्कोट तीपाडा लगायतका ठाउँका सडक मर्मत सुरु गरिएको हो ।
कोशी प्रदेशका हरेक सांसदहरूलाई ल्यापटप वितरण गर्ने योजनाको चौतर्फी विरोध भएपछि सत्तारुढ दल नेकपा एमालेले पनि उक्त योजना स्थगित गर्न प्रदेश सभालाई आग्रह गरेको छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले लोककल्याणकारी विज्ञापन रोक्न गरेको निर्णय अभिलम्भ फिर्ता लिनुपर्ने बताउनुभएको छ।
समृद्धिका लागि युवा अभियान माडी, चितवनका अभियन्ताहरू, स्थानीय जनप्रतिनिधिहरू र राजनीतिक दलका प्रतिनिधिहरूले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'लाई भेटी देशैभरि आशाको लहर सिर्जना हुनेगरी भ्रष्टाचारविरुद्धको अभियान सुरु गर्नुभएकोमा धन्यवाद दिनुभएको छ ।
वालिङ नगरपालिकाका जनप्रतिनिधिहरूलाई संसदीय बैठक प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ । वालिङ जेसीजको आयोजनामा जनप्रतिनिधिहरूलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा प्रशिक्षण गराइएको हो।
म्याग्दीको सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडाको बगरफाँट बस्तीलाई जोड्ने बेलिब्रिज तीन महिनामा तयार भएको छ ।