नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभएको छ ।
यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ।
३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएको विद्यार्थीहरूलाई स्टेस्नरी सहयोग गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
फिलिपिन्सको दक्षिणी प्रान्त लानाओ डेल सुरमा रहेको मिन्डानाओ स्टेट विश्वविद्यालयको एउटा जिमभित्र आइतबार बिहान विस्फोट हुँदा कम्तीमा चारको मृत्यु र अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले बताएका छन् ।
सर्लाही सदरमुकाम मलङ्गवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मलङ्गवास्थित जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सङले भेटवार्ता गर्नुभएको छ ।
आँधीखोला गाउँपालिका–४ बाङसिङमा स्वास्थ्य चौकीको नयाँ निर्माण भवनको निर्माण गरेको छ । पुरानो चुहिने भवनबाट सेवा दिँदै आएकोमा अब नयाँ भवनबाट सेवा प्रदान गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शङ्कर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्नेमा जोड दिनुभएको छ । पञ्चकन्या गाउँपालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘अब काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० देखि ४ बजेसम्म तय गरेको छ ।
गत भदौ ३ र ४ गते परेको अविरल वर्षासँगै गएको बाढी पहिरो पीडितलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दश लाख मूल्य बराबरको खाद्यान्न राहत सहयोग उपलब्ध गराएको छ।
लुम्बिनी प्रदेशको कपिलवस्तुबाट नेपाल–भारत सीमास्तम्भहरुको मर्मत सम्भार सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको अगुवाइ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत सम्भारको काम शुभारम्भ गरिएको हो ।
आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले जलवायु वित्तलाई समर्थन गर्ने कोपको घोषणालाई सकारात्मक भन्दै यो ‘विश्वव्यापी स्तरमा आशालाई प्रेरित गर्ने’ महत्त्वपूर्ण कदम भएको टिप्पणी गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताउनुभएको छ । महाकाली-मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उपाधि दाबेदार टोली रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले ग्रानाडालाई २–० गोलले हरायो ।