जलेश्वरमा पाँच वर्षपछि लाग्न गइरहेको संसारीमाई मेला नजिकिँदै जाँदा खसीबोकाको माग र मूल्य बढेको छ। जेठ १९ देखि २६ गतेसम्म हुने संसारीमाई महापूजाका लागि खसीबोकाको माग बढेको स्थानीय बासिन्दाले बताएका छन्। महापूजा मूल समारोह समितिका अध्यक्ष अशोक साहका अनुसार संसारीमाई महापूजाको अन्तिम दिन १० हजारभन्दा बढी खसीबोकाको बलि दिइने अनुमान छ। लामो अन्तरालपछि संसारीमाईको मेला लाग्ने भएकाले बलि प्रदान गर्नेको सङ्ख्या बढ्दै गएको र यस पटक १० हजारभन्दा बढी खसीबोकाको बलि प्रदान हुने अनुमान छ।
– महानगरको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको छ। यस अवधिमा महानगरबाट भएका प्रमुख काम के हुन् ? यो एक वर्षको अवधिमा हामीले उल्लेख्य काम गरेका छौँ। सहरी सौन्दर्य, वातावरणीय सुधार, ट्राफिक व्यवस्थापन र पार्किङ स्थलको व्यवस्था, डुबान नियन्त्रणका लागि नाला सफाइ तथा व्यवस्थापन गर्ने जस्ता काम प्राथमिकतामा राखेर गरिरहेका छौँ। उज्यालो विराटनगर अभियानमार्फत सहरका सडक उज्यालो बनाइएको छ। सडकमा लत्रिएका तारको व्यवस्थापन गरिएको छ। छोटै समयमा हामीले आन्तरिक प्रशासनमा उल्लेख्य सुधार गरेका छौँ। आन्तरिक आय वृद्धि गर्न कर सङ्कलन अभियान चलाइएको छ। सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बेचबिखनमा रोक लगाइएको छ। खुला रूपमा हुँदै आएको माछामासुको बिक्रीलाई व्यवस्थित बनाउने अभियान अहिले पनि जारी राखिएको छ। विकास निर्माणतर्फ ऐतिहासिक रानीपोखरी, मण्ठापोखरी, विराट राजाको दरबार र सङ्ग्रहालय, प्रधानमन्त्री पार्क, हृदयेन्द्र पार्क, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, वीरेन्द्र सभा गृहको पुनर्निर्माण, सडक, महानगरको बहुप्राविधिक विद्यालयलगायतका दर्जनौँ विकास निर्माणमा हामीले ध्यान दिएर काम अगाडि बढाएका छौँ। स्थानीय पाठ्यक्रम तयार पारिएको छ। जनस्वास्थ्यतर्फ पनि हामीले धेरै काम गरेका छौँ। – सुशासनको पक्षमा महानगरले केही काम गर्न खोजेको देखिन्छ तर एकै पटक धेरैतिर हात हाल्दा परिणाम नआउने समस्या हुँदैन ? हामीले केही काम थालेका छौँ। नयाँ नियम लागु गर्ने जमर्को गरेका छौँ। यी कामलाई नियमित अनुगमन गर्ने, फलोअप गर्ने र व्यवस्थित गर्दै लैजानेतर्फ प्रतिबद्ध छौँ। – कर्मचारीको व्यापक सरुवा भयो। त्यसले महानगर सञ्चालनमा कस्तो फरक पाउनुभएको छ ? म जनप्रतिनिधि भएर महानगरमा प्रवेश गर्दै गर्दा यहाँका फाँटमा हुने आर्थिक तथा अन्य अनियमिततासँग जोडेर मलाई थुप्रै प्रश्न गरिन्थ्यो। कर्मचारीले रकम मागेकोदेखि अरू थुप्रै गुनासो मैले सुनेको छु। त्यसमा सुधार गर्नकै लागि हामीले कर्मचारीको व्यापक सरुवा ग-यौँ। वर्षौं एउटै फाँटमा बसेका कर्मचारी अहिले नितान्त भिन्न जिम्मेवारीमा पुगेका छन्। यसले सुशासनमा निकै सुधार आएको छ। नयाँ जिम्मेवारीमा पुगेकाले काममा परिणाम दिनुपर्ने भएकाले उनीहरूको कार्यदक्षता पनि बढेको पाएको छु। – महानगरले राजस्व सङ्कलनमा केही सुधार गरेको देखियो तर पूरा हुनै नसक्ने राजस्व अनुमान अर्धवार्षिक समीक्षामार्फत फेरि किन बढाउन आवश्यक भयो ? राजस्व लक्ष्य पूरा गर्न छुटेका धेरै करदातालाई करको दायरामा ल्याएका छौँ। उठ्न नसकेका केही राजस्व उठाउन सफल भयौँ। राजस्व अभिवृद्धि गर्ने कार्यमा महानगरले एउटा सफलता पाएको छ। अघिल्लो वर्षभन्दा यस वर्ष २० करोड रुपियाँ बढी राजस्व परिचालन हुने विश्वास छ। पुरानो दुई अर्ब रुपियाँभन्दा बढी दायित्व भएकाले समस्या भने अझै छ। अझै केही समय लक्ष्य अनुसार राजस्व सङ्कलन हुने देखिँदैन। तर पनि विकास योजना अगाडि बढाउन पछिल्लो समय राजस्वको लक्ष्य बढाउनुपर्ने हाम्रो बाध्यता हो।
स्थानीय तहको निर्वाचनबाट प्रमुख नागेश कोइरालासहितका जनप्रतिनिधिले विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेको आज मङ्गलबार एक वर्ष पूरा भएको छ । वर्ष दिनको यो अवधिमा विराटनगर महानगरका प्रमुख नागेश कोइराला नेतृत्वको टिम महानगरवासीमा आशा जगाउँदै सुधारका केही काम थालनी गरेर सकारात्मक परिवर्तनको सञ्चार गर्न सफल देखिएको छ। एक वर्षअघि जिम्मेवारी वहन गर्दै गर्दा करको दर घटाएर नगरवासीलाई राहत दिने निर्णय गरेका कोइरालाले चालु आर्थिक वर्षको बजेटमार्फत कतिपय सेवाको महसुल, शुल्क र करको दर घटाएर जनतासँग गरेको वाचा पूरा गर्ने प्रयास गर्नुभयो। त्यसपछि सेवा प्रवाहमा सुधार र सुशासन स्थापना गर्ने कार्यमा महानगरले काम गरिरहेको छ।
मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।
भक्तपुर अस्पताल यस वर्ष सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको हो । स्वास्थ्य मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कन अनुसार भक्तपुर अस्पतालले सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी देशभरका अस्पतालमध्ये सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।
अभिनेतृ करिस्मा मानन्धर र निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ बाट सम्मानित गरिएको छ । आइतबार साँझ मुम्बईमा आयोजित एक कार्यव्रmममा उहाँहरूलाई अवार्ड प्रदान गरिएको हो । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै दुवैलाई यो अवार्ड प्रदान गरिएको हो । भारतीय चलचित्रका दिग्गज निर्देशक दादासाहेब फाल्केको नाममा स्थापित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन’ ले यो अवार्ड प्रदान गरेको हो । यो अवार्ड २०२२ मा दिने योजना थियो तर कोभिडका कारण प्रभावित भएपछि अहिले प्रदान गरिएको हो । सो अवसरमा भारतीय चलचित्र निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि
कथाकार ध्रुव मधिकर्मीद्वारा सम्पादित अभियान लघुकथा नामक लघुकथासङ्ग्रह सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थ, समाजका अध्यक्ष धनमान श्रेष्ठ र हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभयो ।
बेलुकाको ३ बजेपछि सधैँजसो हुने छिटफुट वर्षाले किसानलाई निकै समस्यामा पारेको छ । गहुँ बाली पाकेर पहेँलै भएका बेला साझँपख सधैँजसो पर्ने पानीले किसानलाई समस्यामा पारेको हो । हिउँदभरि पानी नपरेर गहुँ बाली उत्पादनमा कमी आएको नै छ । त्यसैमा केही भएका दानालाई भित्र्याउन नदिएर थप दुःख दिन थालेपछि किसान चिन्तित भएका छन् ।
व्यापार व्यवसाय र रोजगारीका लागि दुई देशको सिमाना हिल्सा हुँदै चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वैशाख १८ गतेबाट बन्द भएको हिल्सा नाका चीनले दुईतर्फी रूपमा खुला गरेपछि त्यहाँ जानका लागि सीमा पास लिने हुम्लावासीको सङ्ख्या बढेको हो ।
लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ को पेकरनास, कोरेम र बच्छीका ४२ घरपरिवार जोखिममा परेका छन्। एमडी दुगड समूहको लगानीमा निर्माणाधीन ५५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सुरुङमा पानी हालेपछि गाउँमा जताततै पानी रसाएकाले स्थानीयवासीमा त्रास पैदा भएको हो। जलविद्युत् आयोजनाको सुरुङबाट चुहिने पानी घट्नुको साटो बढ्दै गएको पेकरनास, कोरेम र बच्छी उच्च जोखिममा परेको स्थानीय इन्द्रबहादुर खत्रीले बताउनुभयो।
प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाले गति लिन सकेको छैन। गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा जनताको पहुँच पु-याउने उद्देश्यले सरकारले तीन वर्षअघि सुरु गरेको यो कार्यक्रमको पहिलो चरणमा ३९५ र दोस्रो चरणमा २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल भवन निर्माण गर्ने निर्णय भइसकेको छ। बाँकी रहेका ९८ स्थानीय तहमा भने कुनै प्रव्रिmया नै सुरु भएको छैन।
सिन्धुपाल्चोकमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ। जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये ६० प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। जिल्ला अदालत चौताराका अधिकृत अक्षयकुमार दनुवारका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मसान्तसम्म सम्बन्धविच्छेदका ४२८ वटा मुद्दा दर्ता भएका छन्। पुरुषको तर्फबाट १४८ वटा मुद्दा दर्ता भएकोमा ४८ वटा मुद्दा फैसला भइसकेका छन्। ७४ वटा मुद्दा मिलापत्र भएको र २८ वटा मुद्दा प्रक्रियामा रहेको अदालतले जनाएको छ।
जाजरकोटको भेरी नगरपालिका १ काले गाउँ स्थित भेरी नदिका डुबेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका -८ का वर्ष १५ का विवेक वि.क. को नदिका पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
तोकिएको कर्जा/निक्षेप अनुपात (सिडी रेसियो) उल्लङ्घन र अनिवार्य नगद अनुपात कायम नगर्ने पाँच विकास बैङ्क र एक फाइनान्स कम्पनीलाई नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ । तेस्रो त्रैमासमा कर्पोरेट डेभलपमेन्ट बैङ्क, साल्पा विकास बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क र मल्टिपर्पस फाइनान्सलाई राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै जरिवाना तिराइएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ ।