• १२ साउन २०८१, शनिबार

बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग

blog

कांग्रेस उपलब्ध गराएको राहात सहयोगको खाद्यान्न बुझ्दै पीडित।तस्बिर : राजन रावत

हुम्ला, मङ्सिर १७ गते। गत भदौ ३ र ४ गते परेको अविरल वर्षासँगै गएको बाढी पहिरो पीडितलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दश लाख मूल्य बराबरको खाद्यान्न राहत सहयोग उपलब्ध गराएको छ। बाढी पहिरोबाट पीडितलाई मलमपट्टी लगाउन उद्देश्य कांग्रेस केन्द्रले उपलब्ध गराएको राहत सहयोग पीडितलाई गाउँगाउँमा पुगेर प्रदान गरिएको हो। 

नेपाली कांग्रेस हुम्लाका सभापति एवं अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले काँग्रेस केन्द्रबाट प्राप्त भएको दश लाख राहत सहयोगबाट बाढी पहिरो पीडितलाई खाद्यान्न खरिद गरेर वितरण गरिएको जानकारी दिनुभयो। 

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको पहलमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय कार्य समितिको तर्फबाट उक्त सहयोग प्राप्त भएको हो। 

उहाँले बाढी पहिरोमा एक जनाको मृत्यु भएको र ५७५ घरधुरीको पाक्नै लागेको बालीनालीमा क्षति पुगेको थियो। उहाँले पीडित सबै घरधुरीलाई ३० केजीको एक एक बोरा खाद्यान्न सहयोग प्रदान गरेको जानकारी दिनुभयो।