• १२ साउन २०८१, शनिबार

जलवायु वित्तलाई समर्थन गर्ने कोप–२८ घोषणा सकारात्मक : आइसल्याण्डका प्रधानमन्त्री

blog

आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिर।

दुबई, मङ्सिर १७ गते । आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले जलवायु वित्तलाई समर्थन गर्ने कोपको घोषणालाई सकारात्मक भन्दै यो ‘विश्वव्यापी स्तरमा आशालाई प्रेरित गर्ने’ महत्त्वपूर्ण कदम भएको टिप्पणी गर्नुभएको छ ।

इमिरेट्स समाचार एजेन्सी (डब्ल्यु ए एम) ले उल्लेख गरे अनुसार आइसल्याण्डका प्रधानमन्त्रीले कोप–२८ का पक्षहरूको सम्मेलनले आजको विश्वका जल्दाबल्दा चुनौतीलाई सामाना गर्न महत्त्वपूर्ण निर्णयहरू लिनेमा आफू विश्वस्त रहेको पनि बताउनुभएको छ ।

प्रधानमन्त्रीले आइतबार विश्व जलवायु कार्य शिखर सम्मेलनमा आफ्नो देशकातर्फबाट सम्बोधन गर्नुहुँदै कार्बन उत्सर्जन घटाउनका लागि आफ्नो देशले विभिन्न प्रयासलाई तीव्र पार्दै, स्वच्छ ऊर्जा एवम् हरित समाधानतर्फको मार्गलाई समर्थन गर्ने विषयमा जोड दिनुभएको छ । उहाँले नवीकरणीय ऊर्जा क्षेत्रको लगानीलाई विश्वव्यापी आर्थिक विस्तार र हरित प्रविधिको प्रवर्धनमा लगाउनुपर्नेमा थप सजग हुन आग्रह गर्नुभएको हो ।  

प्रधानमन्त्री क्याट्रिनले कोप-२८ को समयमा पेरिस सम्झौताको पहिलो ‘ग्लोबल स्टकटेक’को महत्त्वलाई थप प्रकाश पार्दै जलवायु परिवर्तनको अपेक्षित नकारात्मक नतिजाबारे चेतावनी पनि दिनुभएको छ । रासस/एएनआई