• १२ साउन २०८१, शनिबार

दुई लाख नगदसहित आठ तोला सुन चोरी

blog

भावना जोशी 

अत्तरिया, मंसिर १८ गते । धनगढी उपमहानगरपालिका–४ तारानगरको  एक घरबाट सुनका गरगहना ८ तोला, दुई लाख नगद, २ तोला चाँदीका गहना चोरी भएको छ ।

पूजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय कर्ण बानियाको घरमा चोरी भएको प्रहरीले जनाएको छ । “सपरिवार बुधवार पूजाका लागि उहाँहरू डोटी गएका थियौँ, फर्केर धनगढी घरमा पुग्दा चोरी भएको थाहा भयो” बानियाले जानकारी दिनुभयो ।

चोरले घरको मुख्य ढोका तोडी पूजा कोठाबाट नगद, दराज फोडेर नगद र गरगहना चोरेर लगेको घरधनी बानियाले बताउनुभयो । चोरीको घटना थाहा भएपछि  प्रहरी टोली गएर सामानको मुचुल्का बनाइ चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।