झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले रेलवे प्रभावितको मुआब्जा दिन र कृषकका लागि तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरूको बैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला अस्पताल कालीकोट स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्थापना भएको १८ वर्ष पुगिसक्दा पनि जिल्ला अस्पताल कालीकोटले दरबन्दीअनुसारका कार्यालय प्रमुख र कर्मचारी पाएको छैन । दसौँ तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल २०६१ सालदेखि निमित्तको भरमा छ । प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित हुँदै आएका छन् ।
राजगद्दी खालि भयो । नयाँ राजा चुन्नुपर्ने भयो । राजा चुन्ने क्षमता कोहीसँग थिएन । अकस्मात् कसैले उपाय सुल्झायो । लावण्य देशमा त हात्तीले राजा चुनेको थियो ।राजा चुन्न हात्ती ल्याइयो । राजा हुन काला, गोरा, सेता, नीला, पहेँला उम्मेदवारहरू लाममा खडा थिए ।राजा छानेको दृश्य हेर्ने दर्शकहरूको घुइँचो थियो । दर्शकमा छेपाराहरू पनि थिए । छेपाराहरूको अनुमान थियो– हात्तीले पक्कै सेतोलाई राजा छान्छ । त्यसैले छेपाराहरू पनि सेतो रङमा लामबद्ध भएर बसेका थिए ।हात्तीलाई राजा छान्ने आदेश दिइयो । हात्ती आँखा देख्दैनथ्यो । त्यसैले उसले सुँडले छामेर राजा छान्नुपर्ने थियो ।छेपाराहरूको अनुमानविपरीत हात्तीले उम्मेदवारमध्येबाट कालोलाई आफ्नो सुँडले उचालेर राजा घोषित गरिदियो ।कालो राजा घोषित हुनासाथ सेता छेपाराहरू तत्कालै रङ बदलेर कालै भए । उनीहरू दर्शक दीर्घाबाट अगाडि सर्दै नवघोषित राजाको अगाडि झुम्मिएर भन्ने थाले– “हेर्नुस् त महाराज ! हाम्रो रङ पनि कालै छ । महाराज पनि कालो हामी पनि कालो ।” राजाले जुँघाको ताउ मिलाउँदै छेपारातिर हे¥यो ।राजाको गद्दीरोहण भयो । छेपाराहरूले दाम राखेर स्वस्ती गरे । तत्कालै राजालाई रथारोहण गराएर सहर परिक्रमा गराइने भयो ।राजा सवार रथ अगाडि बढ्यो । छेपाराहरू तँछाड मछाड गरेर राजाको नजिक हुन तम्सिरहेका थिए । छेपाराहरू रथतिर जतिजति अगाडि बढ्थे उतिउति धमाधम रथको पाङ्ग्रामुनि परेर घुनझैँ पिसिँदै थिए । नवरङ्गधारी छेपाराहरू इहलीला समाप्त गर्दै थिए । रथमा सवार राजालाई यसको कुनै मतलब थिएन ।पुराना छेपाराहरू एकपछि अर्को गरी मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।
नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा हुने बताउनु भएको छ ।
वि.सं २००७ को क्रान्तिपछि जब देशमा प्रजातन्त्र आयो, राजनीतिक स्वतन्त्रताको अधिकतम उपभोेग गर्न पाउने मौलिक अधिकार पनि आम जनताले पाए । धमाधम राजनीतिक दलहरू एकपछि अर्को गर्दै देखिन थालिए । जनताले वाक् स्वातन्त्रता पाउनुको फलस्वरूप समाचार पत्रिकाहरू पनि प्रकाशन हुन थाले । रेडियो नेपालजस्तो सञ्चार माध्यम बिस्तारै बिस्तारै जनचेतना जगाउन क्रियाशील भयो समग्र नेपाली साहित्यमा नयाँ धारको श्रीगणेश भयो । पूर्णवर्ती साहित्य, परम्पराले नयाँ गति र दिशा लिन थाल्यो, किनभने निरङ्कुश राणातन्त्रले लगाएको पर्खाल भत्किसकेको थियो । देशभर प्रजातन्त्रको नयाँ किरण झलमलाएको थियो । नयाँ चेतना र उत्साहको लहर सर्वत्र फैलिएको थियो । यसै पृष्ठभूमिमा २००७ सालको क्रान्तिको सफलताले विशेष गरेर आधुनिक कथा परम्परामा एउटा अत्यन्त महìवपूर्ण मोड आयो ।
महोत्तरीको सिमावर्ती क्षेत्रबाट ४२ वटा गोरुसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा पशुचौपाया तस्करी गरी सिमा कटाउन खोजेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाले चिसाङ खोलाको दोहन नियन्त्रण गर्न नसके खोला किनारका बस्ती उच्च जोखिममा पर्ने बताउनुभएको छ । सोमबार मोरङको बेलबारी–१०, चिसाङ खोला पश्चिम किनार संरक्षण तथा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको पाँच वर्षमा वार्षिक करिब ७० अर्ब रुपियाँको विद्युत् निर्यात हुने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा राष्ट्रिय सभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले आन्तरिक माग पूरा भएको अवस्थामा मात्र विद्युत् निर्यात गरिने स्पष्ट पार्नुभयो । मन्त्री भुसालले राष्ट्रिय सभामा दिनुभएको जानकारीअनुसार आगामी आर्थिक वर्ष वर्षायाममा करिब १५ देखि २० अर्ब रुपियाँको विद्युत् निर्यात गर्न सकिनेछ भने आगामी पाँच वर्षमा हरेक वर्ष करिब ७० अर्ब रुपियाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना छ ।
नेपालमा पूर्वमिस नेपाली चलचित्रमा अभिनयका लागि आएको उदाहरण प्रशस्तै छन् । भलै केही सफल भए भने केही असफल । यही मेसोमा अब नीति शाह पनि जोडिएकी छन् । ‘ब्युटी विथ ब्रेन’ नीति अब चाँडै नै चलचित्रको अभिनयमा पाइला चाल्दैछिन् । त्यसो त उनलाई अभिनेता भुवन केसीले ‘ड्रिम्स’, प्रदीप खड्काले ‘प्रेमगीत ३’ र ‘हुतुतु’ मा अफर नगरेका होइनन् तर उनले स्वीकारिनन् । नीतिका मेनेजर निराजन गिरीका अनुसार नीतिले केही चलचित्रको स्क्रिप्ट अध्ययनको काम सुरु गरिसकेकी छन् । उनी सम्भवतः यसै वर्षभित्र चलचित्रमा पाइला चाल्दैछिन् । मोडलिङमा करिब १० वर्ष बिताइसकेकी नीति चलचित्रमा आउनका लागि अहिले नै आत्मविश्वासी देखिँदैनन् ।
चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित नाटक मञ्चन हुने भएको छ । विमल सुवेदीको निर्देशनमा असार १७ देखि १९ गतेसम्म, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो । नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार रहने बताइएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाका जनप्रतिनिधि गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा गएपछि कार्यालय सुनसान भएको छ । जनप्रतिनिधिहरुले निमित्तलाई जिम्मेवारी दिएर सुर्खेत पुगेपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
पछिल्लो दशकमा नेपाली चलचित्रले छायाङ्कनको दायरा फराकिलो पार्दै लगेका छन् । कुनै समय नेपालमा मात्र छायाङ्कन गरिने चलचित्र अहिले विदेशका उत्कृष्ट लोकेसनमा खिचिन थालिएको छ । यही क्रममा नेपाली चलचित्रको इतिहासमा पहिलो पटक चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएको छ ।
महोत्तरी जिल्ला भएर बग्ने नदी तटीय क्षेत्रमा भइरहेको अनियन्त्रित र अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिलाई महìवपूर्ण भूमिका खेल्न ध्यानाकर्षण गराइएको छ । नवनिर्वाचित जिससका प्रमुखलगायत पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा सरिक भएका सरोकारवालाले अनियन्त्रित र अवैध खोला उत्खनन कार्यलाई नियन्त्रण गर्न भूमिका खेल्न आग्रह गरेका छन् ।
बलिदानयो चलचित्रले देश प्रेमको भावना देखाएको छ । मैले सानो उमेरमै यो चलचित्र हेरेको थिएँ । त्यसले मेरो मानसपटलमा देश, राष्ट्रियताप्रति छुट्टै प्रभाव पारेको थियो । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहलगायतका कलाकारको अभिनय बेजोड थियो । चिनो यो चलचित्रका सबै पात्र रमाइलो किसिमका थिए । चलचित्रमा विशेषतः सुनील थापाको चरित्र अझ गजबको छ । चलचित्रको सङ्गीत, कलाकारहरूको अभिनय, कथावस्तु मन छुने किसिमको छ । अहिले पनि बेलाबेलामा यो चलचित्रको सम्झना आउँछ ।श्री यो चलचित्रमा मैले अभिनयको मौका पाएँ । यो चलचित्र मेरो करियरकै एउटा उत्कृष्ट चलचित्र हो । मेरो जीवनकै एउटा अविस्मरणीय चलचित्रका रूपमा ‘श्री’ लाई लिन्छु । सायद अब यस्तो चलचित्र गर्छु या गर्दिनँ थाहा छैन ।पशुपतिप्रसादयो चलचित्रको प्रमुख पक्ष भनेको यसको कथावस्तु हो । चलचित्रमा खगेन्द्र लामिछाने, विपिन कार्कीको अभिनय आफैँमा बेजोड लाग्छ । एउटा युवाको सङ्घर्ष अनि त्यसभित्रको सफलता र असफलताको कुरालाई निर्देशकले निकै गहिरो ढङ्गले प्रस्तुत गरेका छन् ।जात्रैजात्रा हामी सबै परिवारले हेरेको अर्को मनपर्ने चलचित्र ‘जात्रैजात्रा’ हो । यसमा एउटा सानो विषयलाई निर्देशन प्रदीप भट्टराईले कति रोचक ढङ्गले प्रस्तुत गरेका छन् । विशेषतः मलाई चलचित्रमा विपिन कार्कीको क्यारेक्टर उत्कृष्ट लागेको छ । प्रस्तुति : युवराज गौतम