• ७ जेठ २०८१, सोमबार

४२ वटा गोरुसहित एक पक्राउ

blog

महोत्तरीको सिमा क्षेत्रबाट नियन्त्रणमा लिइएको पशुचौपाया । तस्बिरः महेशकुमार दास

जलेश्वर, असार १४ गते । महोत्तरीको सीमावर्ती क्षेत्रबाट ४२ वटा गोरुसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा पशुचौपाया तस्करी गरी सीमा कटाउन खोजेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । 

इलाका प्रहरी कार्यालय खैरबन्नीबाट गस्तीमा खटिएको प्रहरीले सोनमा ५ हर्दिखोला नजिकबाट ५ गाई, २९ गोरु, ७ थान बाच्छा र एक थान बाछीसहित ४२ पशुचौपाया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । 

विष्टका अनुसार सर्लाही ईश्वरपुर नगरपालिका ७ घर भएका २९ वर्षीय तौकिर आलमले सो पशु चौपाया भारततर्फ लग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको बताउनुभयो । 

Author

महेशकुमार दास