सुदूरपश्चिम प्रदेशमा आज चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा कैलालीमा एक र कञ्चनपुरमा दुई गरी तीन जनाको ज्यान गएको हो । प्रहरीकाअनुसार कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर ज्यान गएको छ । मृतक चौधरी रेडियन्ट ग्यासको खेतमा काम गर्दै हुुनुहुन्थ्यो ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गामा इँटाभट्टामा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । असार १३ गते सोमबार साँझ छ बजेतिर छिमेकमा दूध लिनगएका लालबहादुर विष्टका सात वर्षीया छोरी आश्रिया विष्ट र भीमबहादुर कुँवरका छ वर्षीया छोरी भावना कुँवरको ज्यान गएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स सार्वजनिक गर्नुभएको छ ।
रतुवा र मावा खोलाको बीचमा रहेको दमक नगरपालिका लगातरको वर्षाका कारण बाढीको उच्च जोखिममा परेको छ । रतुवा र मावा वस्तीमा पस्न थालेपछि जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोली खोला किनारमा तत्काल बाढी नियन्त्रणको प्रयासमा छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानतर्फ प्रस्थान गर्नुभएको छ । मङ्गलबार बिहान ११ बजेर १५ मिनेटमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान असार २० गतेदेखि स्वास्थ्य बीमाको सबै सेवा स्थगित हुुँदैछ । उपकुलपति ज्ञानेन्द्र गिरीले ३४ करोडभन्दा बढी बीमा रकम बीमा बोर्डबाट उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य बीमाका सम्पूर्ण सेवाहरु स्थगन हुने बताउनुभयाे ।
भीषण वर्षाका कारण बुटवलका सबैजसो सडक जलमग्न भएका छन् । सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ भने सवारी आवागमन अवरुद्ध भएको छ ।
मन्त्रिपरिषद् बैठक मङ्गलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
कुटपिट गरेर सडकमा फालेर भागेपछि उपचारको क्रममा काठमाडाैँमा मृत्यु भएका बाँकेका एक युवकको हत्यामा संलग्न चार युवकलाई प्रहरीले ३ घण्टामै पक्राउ गर्न सफल भएको छ ।
नेकपा (एमाले)का पूर्व उपाध्यक्ष वामदेव गौतमले आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोाषणा गर्न लाग्नु भएको हो ।
टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटवल सडक खण्ड अवरूद्ध बनेकाे छ । सिद्धवाबा क्षेत्रमा पहिराे खस्दा विहानैदेखि सडक अवरुद्ध भएको हाे । सडकमा लेदोसहित ढुङ्गा खसेकाे प्रहरीले जनाएकाे छ ।
झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले रेलवे प्रभावितको मुआब्जा दिन र कृषकका लागि तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरूको बैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला अस्पताल कालीकोट स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्थापना भएको १८ वर्ष पुगिसक्दा पनि जिल्ला अस्पताल कालीकोटले दरबन्दीअनुसारका कार्यालय प्रमुख र कर्मचारी पाएको छैन । दसौँ तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल २०६१ सालदेखि निमित्तको भरमा छ । प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित हुँदै आएका छन् ।