• २२ असार २०८१, शनिबार

रड लागेर मजदुरको मृत्यु

blog

कोकिला भण्डारी 

धनकुटा, असार २० गते । फलामे रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा फलामे रडले टाउकोमा लागेर एक जना मजदुरको मृत्यु भएको हो ।

उक्त वडास्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर मजदुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगर रहनुभएको छ ।

मङ्गलवार अपराह्न पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर उहाँको टाउकोमा लागेको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमै उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।