गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले उडान गर्ने तयारी गरेको छ । विदेशी वायुसेवा कम्पनीमध्ये हाल कुवेतको जजिरा एयरले मात्र उडान भर्दै आएकामा अब नेपाल एयरलाइन्सले समेत उडान थाल्ने गरी तयारी गरेको हो । विमानस्थलका अनुसार आगामी डिसेम्बर अन्तिम साताबाट उडान भर्ने गरी तयारी अगाडि बढेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून रहेको छ । ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो । खाद्य कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात निकै कम रहेको जानकारी दिनुभयो । मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न अभाव हुने जोखिम बढेको हो ।
काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १० वर्ष भयो । समाचार काम सकिएको भनेर आउँछ, नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि गर्छन् । तर उपभोक्ताको धारामा पानी नझरेपछि स्थानीय बासिन्दा खानेपानीको भर गर्न छाडेका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घन गर्ने छ जनालाई पाँचदेखि २५ हजार रुपियाँसम्म जरिवाना गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजय सुनिश्चित गराएको बताउनु भएको छ ।
शनिबार फेरि पश्चिम नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका पाटादेवल आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
राधा लुइटेल फिदिम, कात्तिक २१ गते। पाँचथर जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र आगेजुङ गुम्बामा शेर्पा, लामा र लिम्बूसहित आदिवासी जनजाति समुदायले सांस्कृतिक लोक नृत्य प्रदर्शन गरेका छन्। कात्तिक शुक्ल पूर्णिमाको अवसरमा हुने वार्षिक कार्यक्रम अनुसार यो गुम्बामा यो साता महोत्सवको झल्को दिनेगरी सांस्कृतिक कार्यक्रम गरिएको हो। कार्यक्रममा शेर्पा, लामा, तामाङ, लिम्बू र राईसँगै विभिन्न जातीय संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको हो। यो गुम्बा २०१५ सालमा स्थापना भएको हो। जहाँ २०५९ सालसम्म बौद्ध शिक्षामा आधारित त्रिपिटक शिक्षा दिइन्थ्यो। द्वन्द्वका कारण बन्द भएको पठनपाठन अझै सुरु भएको छैन। गुम्बा क्षेत्रलाई धार्मिक सांस्कृतिक स्थलका रूपमा विकास गर्न यहाँ वार्षिक रूपमा मौन व्रतसँगै नेपाल भारतका बौद्वमार्गीको उपस्थितिमा भेला तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष तेन्जिङ लामाले जानकारी दिनुभयो। फालेलुङ गाउँपालिका १ मा पर्ने यो गुम्बाबाट कञ्चनजङ्घा र कुम्भकर्ण जस्ता हिमाल प्रष्ट देखिन्छन्।
दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि सिद्धार्थ बैङ्कले जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा सिद्धार्थले प्रभु बैङ्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हरायो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ ।
नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा चौरी गाईको सङ्ख्या वृद्धि भएको छ । चौरी स्रोत केन्द्र स्थापना भएपछि पशुपालक किसानमा पनि चौरी पाल्ने आकर्षण बढेकाले सङ्ख्यामा वृद्धि भएको हो ।
रुपन्देहीका अधिकांश उम्मेदवारले अहिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घरदैलो कार्यक्रममा मतदातासँग सडक, खानेपानी, सिँचाई, स्वास्थ्य शिक्षाको विकासका कुरा उठाएका छन् ।
निर्वाचन आयोगले मधेस प्रदेशसभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरूप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताउनुभएको छ।
दीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बन्नुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले देश बनाउने भिजन एमालेसँग मात्र भएकाले एमालेलेलाई बहुमत सरकार बनाउन मिल्नेगरी मतदान गर्न आह्वान गर्नुभएको छ ।