• १२ असोज २०८१, शनिबार

विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजय सुनिश्चित गराए : सञ्चारमन्त्री कार्की

blog

सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचनाप्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिरः नवीन गड्तौला, रासस

सुनसरी, कात्तिक २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजय सुनिश्चित गराएको बताउनु भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्कीले सुनसरीमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । 

सुनसरीको हरिनगरा गाउँपालिका–५ वसन्तपुरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासका पूर्वाधार निर्माण कार्यलाई पूरा गर्न चुनावी जनलहर आफ्नो पक्षमा रहेको दाबी गर्नुभएको हो । 

मन्त्री कार्कीले यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरेको जानकारी दिनुभयो । 

उहाँले विगत पाँच वर्षको अवधिमा यस क्षेत्रमा सुरु गरेको कतिपय विकास निर्माण तथा पूर्वाधारका योजनालाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । “जनताका रहेका समस्या समाधान गरेकाले जनता आफ्नो पक्षमा रहेका छन्”, मन्त्री कार्कीले भन्नुभयो । 

संविधानको रक्षा, सबै जातीय समुदायको हकअधिकार स्थापना गरी मुलुकको समृद्धिका लागि निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । मन्त्री कार्कीले कृषकलाई आफ्नो उत्पादन वृद्धि गर्न सहजरुपले मलखाद, बीउबिजनको व्यवस्था गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । रासस