• १२ असोज २०८१, शनिबार

सिद्धार्थ बैंकलाई फुटसल उपाधि

blog

उपाधिसहित सिद्धार्थ बैंक टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक २६ गते । दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि सिद्धार्थ बैङ्कले जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा  शनिबार भएको फाइनलमा सिद्धार्थले प्रभु बैङ्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सिद्धार्थ बैङ्कका शान्तिराम कार्की, सञ्जीव श्रेष्ठ र राजु श्रेष्ठले गोल गर्नुभयो । प्रभु बैङ्कका केशव योगी र विकास तामाङले गोल गर्नुभयो । अमनराज बज्राचार्य गोल गर्नबाट चुक्नुभयो ।

उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र तथा केटीएम सिटीबाट ४५ हजार रुपियाँ बाबरको गिफ्ट भौचर प्राप्त गरेको छ । उपविजेता प्रभुले जेन्स पार्कको तर्फबाट आठ सय रुपियाँ बराबरको गिफ्ट भौचर प्राप्त गरेको छ ।