• १३ साउन २०८१, आइतबार

आचार संहिता नमान्ने

नगरप्रमुख जैसवारलाई २५ हजार जरिवाना

blog

पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २६ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घन गर्ने छ जनालाई पाँचदेखि २५ हजार रुपियाँसम्म जरिवाना गरेको छ । आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा बारा जिल्लाको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारलाई २५ हजार जरिवाना गरेको उल्लेख छ । 

पाँच हजार रुपियाँ जरिवाना गरिएकाहरूमा मुकुन्द रिजाल, जीवछ यादव, पुकार बम र तिलक कुँवर छन् ।आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानुनबमोजिम जरिवानासहित कारबाही गरिएको छ । 

यस्तै आचारसंहिता उल्लङ्घनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको छ भने आचारसंहिता विपरीत भएका कार्यहरू रद्द गर्न विभिन्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको छ ।