केही समयअघिसम्म सुनवल बजारमा बच्चालाई अङ्ग्रेजी भाषाको शिक्षा दिन महँगो शुल्क तिरेर बोर्डिङ स्कुलमा भर्ना गर्नुपर्ने बाध्यता भएकोमा अब त्यो अवस्था फेरिएको छ। सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयले पनि न्यून शुल्कमा सुविधा सम्पन्न कक्षाकोठामा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेका छन्। अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा सामुदायिक विद्यालय नै पर्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षदेखि एसीसहितको सुविधा सम्पन्न भवन र गुणस्तरीय शिक्षाको व्यवस्था गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
करिब ३ दशकपछि सुर्खेत–बाबियाचौर–बेनीघाट सडकको निर्माणको तयारी थालीएको छ । यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा सुर्खेतको पश्चिम क्षेत्रका नागरिक अझै पनि धुलाम्मे र हिलाम्मे बनेर यात्रा गर्नुपर्र्ने बाध्यता थियो ।
उमेरले आठ दशक पुग्दै गरेका ज्येष्ठ नागरिक चन्द्रवीरको एउटै सपना छ आफैँले खनेको सडक कालोपत्रे गर्ने। तुलसीपुर उपमहानगरपालिकाका–३, साततलेका चन्द्रवीरले ७१ वर्षको उमेरदेखि राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडकखण्डको साततलेदेखि खमारीसम्म तीन किलोमिटर सडक खन्नुभएको हो।
मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथमा लाग्ने यार्तुङ मेलाको तयारी सुरु गरिएको छ । पछिल्लो दुई वर्ष कोरोनाका कारण रोकिएको यार्तुङ मेला यस वर्ष यही साउन २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । हरेक वर्षको जनैपूर्णिमाको दिन स्थानीय संस्कृतिसँग जोडिएको यार्तुङसम्बन्धी विशेष कार्यक्रम हुने गर्दछ । धार्मिक तथा सांस्कृतिकका साथै विविध खेलकुद तथा अन्य विविध कार्यक्रमको आयोजना हुने गरेका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ लागू गरेको छ । तीन वर्षअघि सुरु गरिएको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम लागू भएपछि बालविवाह न्यूनीकरण, बालिकाको शिक्षामा पहुँच र चेतनास्तरमा वृद्धि भएको विश्वास गरिएको छ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले चालू आर्थिक वर्षमा सबै वडामा चेतनामूलक कार्यक्रम गर्न लागेको छ ।
मधेश प्रदेशको जिल्लामा खेत हिल्याउने पानीको अभावमा धान रोपाइँ प्रभावित भएको छ । खेत हिल्याउन चाहिने वर्षाको पानी तथा सिँचाइको पर्याप्त व्यवस्थापन नहुँदा धान रोपाइँ प्रभावित भएको हो ।
। जिल्लाको चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा रहेका छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद भएको यो घुम्ती शौचालय अहिले प्रयोगविहीन रहँदा यात्री र बटुवालाई शौचको समस्या देखिएको छ।
नेपाल सरकारले कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजान अनुमति दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता हुन गइरहेको छ ।
प्रहरीले कल सेन्टरमा छापा मारेर चिनियाँ, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँको तीनकुनेस्थित सेन्टरमा सोमबार स्काई वल्र्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारी ३६ जनालाई पक्राउ गरेको हो।
लामो समयदेखि पत्रकारितामा कार्यरत वरिष्ठ पत्रकारलाई पहिलो पटक वृत्ति वितरण दिन सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ पत्रकारलाई वृत्ति वितरण दिन सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पद्मभक्त खरेल (वर्ष ७७), निरोधराज पाण्डे (वर्ष ७३) र चिरञ्जीवी अर्याल (वर्ष ६७) लाई वृत्ति वितरण प्रदान गरियो ।
आज (मंगलबार) पनि देशैभर मौसम वदली हुने भएको छ । मौसम वदलीसँगै हाल प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।
बर्सेनि विवादित बन्दै आएको काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–५ स्थित एउटा बोटमा फलेको बोधिचित्तका दाना एक करोड एक लाख रुपियाँ जम्मा गरेर टिपिएको छ । त्यो पनि जिल्ला अदालत काभ्रेको अन्तरकालीन आदेशबाट । अदालतले साउन २ गते दिएको अन्तरकालीन आदेशबमोजिम साउन ८ गते पैसा जम्मा गरेर आज ९ गते दाना टिपिएको हो ।
मुलुकको सुदृढ अर्थतन्त्र, सहज वैदेशिक व्यापारलगायत अन्य आर्थिक विषयवस्तुका सन्दर्भमा वैदेशिक मुद्राको निकै महत्त्ववपूर्ण भूमिका रहेको हुन्छ । सार्क राष्ट्र श्रीलङ्कामा विषम आर्थिक अवस्था निम्तिनुको एक प्रमुख कारण वैदेशिक मुद्राको अभाव हो । नेपालको सन्दर्भमा पर्यटन वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटन उद्योग तथा व्यवसाय फस्टाउँदा बहुमूल्य वैदेशिक मुद्रा आर्जनको बाटो खुल्छ । पर्यटनले वैदेशिक मुद्राको बाटो मात्र खोल्दैन, अर्थतन्त्रका आयामहरूलाई चलायमान बनाउँछ । मुलुकभित्रै रोजगारी सिर्जना गर्छ । स्थानीय उत्पादनले बजार पाउँछ भने मौलिक कला र संस्कृति संरक्षणमा समेत ठूलो सघाउँ पु-याउँछ ।
आवधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ निर्वाचन स्वतन्त्र, स्वच्छ, पारदर्शी र भयरहित रूपमा सम्पन्न भएमा मात्र लोकतन्त्र बलियो भई जनमुखी शासन व्यवस्था कायम रहन सक्छ । यसका लागि जनताको चाहना, समाजको माग एवं आवश्यकता र नवीनतम प्रविधिलाई सम्बोधन गर्न नीतिगत रूपमा, कानुनी रूपमा र व्यवस्थापकीय रूपमा परिवर्तन र सुधार भइरहनु पर्दछ । शाब्दिक अर्थमा निर्वाचन भनेको प्रजातान्त्रिक मुलुकको विधायिकाका विभिन्न निकायमा प्रतिनिधित्व गर्ने व्यक्ति वा व्यक्तिलाई त्यसै मुलुकका आम बालिग जनताले मतदानद्वारा चुन्ने काम हो ।