• १३ असोज २०८१, आइतबार

३० वर्षपछि सडक स्तरोन्नति हुँदै

blog

सुर्खेत–बाबियाचौर–बेनीघाट सडकको निर्माण सुरु ।

सुर्खेत, साउन १० गते । करिब ३ दशकपछि सुर्खेत–बाबियाचौर–बेनीघाट सडकको निर्माणको तयारी थालीएको छ । यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा सुर्खेतको पश्चिम क्षेत्रका नागरिक अझै पनि धुलाम्मे र हिलाम्मे बनेर यात्रा गर्नुपर्र्ने बाध्यता थियो ।

अब यो सडकको काम पहिलो चरणमा बड्डीचौर–खम्बगाडे सडक कालोपत्रे गरिने छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रु. ४२ करोड ४७ लाख ६१ हजार लागतमा निर्माण कम्पनीसँग पूर्वाधार विकास निर्देशनालय सुर्खेत विच सम्झौता भएको छ । आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नु पर्नेछ । 

सिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बुढाक्षेत्रीले वर्षौंदेखि कच्ची सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका नागरिकहरूलाई राहत हुने भएको छ । 

Author

नविन सुवेदी