रोसीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त भएको बिपी राजमार्ग सञ्चालन गर्न तीव्र गतिमा काम भइरहेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले दसैँअघि अवरुद्ध भएको सडक सञ्चालन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिए पनि दसैँअघि सडक सञ्चालन हुनेमा आशङ्का भने कायमै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूतमेला सुरु भएको छ ।
कोलम्बियाको टाटाकोआ मरुभूमिमा ठूलो कछुवाको जीवाश्म भेटिएको छ ।
दसैँको बेला केटाकेटी चङ्गा उडाएर रमाइरहेका थिए ।
सरकारले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।
किमाथाङ्का (सङ्खुवासभा), असोज २३ गते । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गर्नुभयो ।डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताउनुभयो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् । चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा रोक लगाइएको हो । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ । रासस
बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् ।
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् ।
नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन गत वर्षदेखि अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेको छ । अतिरिक्त कक्षामा मुख्य तीन विषय अङ्ग्रेजी, गणित र विज्ञानका अतिरिक्त कक्षा सञ्चालन हुन थालेका छन् ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले प्रयोग गर्दै आएका आफ्ना दुई वटा गाडी लामो समयदेखि सुर्खेतस्थित ग्यारेजमा थन्क्याइएको छ ।
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–१, मचेडीका लालबहादुर क्षेत्री रोटेपिङ खेल्न मन भए पनि खेल्न नपाएको ११ वर्ष भएको सुनाउनुहुन्छ ।
पुतलीबजार नगरपालिका–१०, राङखोला निवासी छबबहादुर विश्वकर्माले विगत २५ वर्षदेखि व्यावसायिक रूपमा आरनको काम गर्दै आउनुभएको छ ।
आश्विन शुक्ल षष्ठीका दिन आज बुधबार दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्लाझगडियास्थित राप्ती नदीमा भत्किएको तटबन्ध निर्माणका लागि पटक पटक बजेट माग गरिए पनि सरकारले बजेट नदिँदा गाउँपालिकाले गैरसरकारी संस्थाको सहयोगमा तटबन्धको अस्थायी मर्मत गरेको