टिपरलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–१, हाँगेपीपलका २२ वर्षीय नारायण उचई ठकुरी रहनुभएको छ ।
लुम्बिनी प्रदेशमा १५ लाखभन्दा बढी सर्वसाधारणले बिमा गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा १५ लाखभन्दा बढी सर्वसाधारणले विभिन्न बिमा गरेका हुन् ।
पत्रकार दीर्घराज उपाध्यायद्वारा द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श कार्यक्रम आईतबार अमेरिकाको बाल्टिमोटरमा सम्पन्न भएको छ ।
अदुवा प्रशोधन गरी पाल्पाको एक सहकारीले चार टनभन्दा बढी जर्मनी निर्यात गरेको छ ।
अब सुनचाँदी धितोमा कर्जा लिँदा ५० लाख रुपियाँसम्म मात्रै कर्जा लिन पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै बैङ्क तथा वित्तीय संस्थाबाट सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।
नवलपुरको हुप्सेकोटमा रहेको लेकबेँसी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दसैँलक्षित धमाधम खसीबोका बिक्री गरिरहेको छ ।
स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठुलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री बन्द भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र महिला आयोगका आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत भएका छन् ।
लगानी बोर्डको आगामी चारवर्षे रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
काठमाडौँ उपत्यकाबाट चाडबाडमा घर फर्किने यात्रुको चाप बढेपछि विभिन्न हवाई सेवा कम्पनीहरूले नयाँ गन्तव्यसहित उडान पनि थप गरेका छन् ।
चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् ।
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ ।
एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।
दसैं जस्तो ठुलो चाडपर्व शुरु भइसकेको बेला नेपालगन्जमा अखाद्य, गुणस्तरहीन र खान अयोग्य मासु, माछा तथा मिठाई बिक्री गर्ने व्यवसायीहरुलाई धमाधम कारवाही गर्न थालिएको छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।