ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयका फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
आगलागी तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि सल्यानको एउटै पालिकाले एक हजार बढी विपन्न घर परिवारलाई खरको छानाबाट मुक्त गरेको छ ।
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङमा निर्वाचन प्रक्रियाबाट १० जना प्रतिनिधि छनाेट हुनुभएको छ ।
पहिचान पुरस्कार कोषले यस वर्ष वरिष्ठ कवि वैरावी काइँलालाई ‘पहिचान सम्मान’ दिने भएको छ ।
गोरखाको पालुङटारमा कुमाल समुदायको इतिहास, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले पालुङटार–७, ढिकिडाँडामा कुमाल सङ्ग्रहालय निर्माण भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले एड्स महामारीलाई अन्त्य गर्न कार्यक्रममा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।
झापाको दमकको सब्जी बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।
सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको छ ।
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर–६, अमरपुरको बुल्मचौरमा निर्माणाधीन रङ्गशाला निर्माणमा ढिलाइ भएको छ ।
थारु समुदायको पहिचान परम्परागत मौलिक नाचगान, भेषभूषा, कला, संस्कृति मात्र होइन, उनीहरूको खानपान प्रणाली पनि अनौठो र अनुकरणीय छ । तर पछिल्लो समय थारु परम्परागत खानपान र जीवनशैली हराउन थालेका छन् ।
पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२-८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।
बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै बिद्यालयको अनुगमन सुरु गरिएको छ ।
बेनी दरवाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका –४ र मङ्गला गाउँपालिका –२ को सिमाना घुमाउनेभीरमा ट्रक दुर्घटना हुँदा चालक घाइते हुनुभएको छ ।