सर्लाही, महोत्तरी र धनुषा जिल्लामा पूर्वपश्चिम राजमार्ग विस्तारका लागि साढे ११ हजार रुख कटानको आदेश भएको छ ।
अब स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा यस्तो प्रविधि सुरु गरिएको हो । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो । अहिले भने स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधि विकास भएको छ । यसलाई मेडिकल भाषामा ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ भनिन्छ ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो ।
“सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गर्नुभएकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भन्नुभयो, “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”
गरिबी विश्वकै लागि अभिशाप हो । मागेर खानुपर्ने, मागरै देश चलाउनुपर्ने अवस्था कदापि राम्रो होइन । आजको विकसित विज्ञान र प्रविधिको यो युगमा पनि विश्वका ४६ वटा मुलुक गरिब छन्, गरिबीको पीडा भोगिरहेका छन् ।
वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किनुभएका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गर्नुभएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।
नेपालका प्रधानमन्त्रीदेखि मन्त्री, राजनीतिक दल, बुद्धिजीवी, पत्रकार, प्राध्यापक, विद्यार्थी सबैले साझा रूपमा स्वीकार गरेको यथार्थ हो, नेपालको उच्च शिक्षा आज गम्भीर सङ्क्रमण र चुनौतीको चरणमा पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।
कर्णालीको कथा हो । एउटा घनघोर जङ्गलको नजिकै एक जना गोठालो बस्थ्यो । साथमा कुकुर पनि थियो । खाना खाइसकेपछि ऊ जङ्गलमा भेडा चराउन जान्थ्यो । हिउँदको समय थियो । गोठालोले भेडा निकाल्यो र जङ्गलतिर लाग्यो । जङ्गल सुनसान थियो । चिसो हावा चलेको थियो । भेडालाई जङ्गलमा चर्न छोड्यो । जाडोका कारण दुई हातलाई काखीमुनि च्यापेर एउटा ढुङ्गामाथि बस्यो
हरेक वर्ष झैँ यस वर्ष पनि डिसेम्बर १ तारिखका दिन ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ !’ भन्ने नाराका साथ ३८ औँ विश्व एड्स दिवस मनाइँदै छ । यस वर्ष मनाइने विश्व एड्स दिवसको नाराको मुख्य उद्देश्य विश्वव्यापी रूपमा एचआइभी/एड्सवि
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले सबै वडाबाट स्वास्थ्य संस्थाबाट प्रयोगशाला सेवा सुरु गरेको छ । रुरुक्षेत्र गाउँपालिका–३ थोर्गा स्थित थानपति स्वास्थ्य चौकीमा अहिले प्रयोगशाला सेवा सञ्चालन गरिएको छ ।