सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च राख्न योगदान पुराउने राष्ट्रिय विभूति कलाकार अरनिको जन्मस्थललाई प्रचार–प्रसार गरिनुपर्नेमा जोड दिनुभएको छ ।
श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ ।
भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नु भएको छ ।
दाङमा चार सय ७१ जना एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसंख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुननिर्माणको काम सुरु गरिएको छ ।
गोरखापत्र संस्थान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) बीच सूचना प्रकाशनबारेमा सहकार्य हुने भएको छ ।
पश्चिम नवलपरासीस्थित सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा भइरहेको पुरातात्विक उत्खनन कार्यले प्राचीन सहरका भग्नावशेष र पूर्वाधारहरू भेट्टाउन थालेपछि उत्साह छाएको छ ।
बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ ।
नेपालगन्ज–गुलरिया सडक विस्तारको काम अन्तिम चरणमा पुग्दा सुरुवाती करिब दुई किलोमिटर सडक विस्तारमा अन्यौलता देखिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पितृशोक परेको छ ।
बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् ।
ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयका फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।