शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, मङ्सिर १५ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पितृशोक परेको छ । उहाँका पिता आयुर्वेदिक चिकित्सक डा. रामनारायण साहको उपचारका क्रममा आज आज दिउँसो १२ः२० बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
"उहाँलाई आइतबार बिहान सिभिल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौँ । आज बिहान उहाँकाे निधन भयो," उहाँले भन्नुभयाे ।
७७ वर्षीया साहलाई पिसाबमा सङ्क्रमण भएपछि शरीरमा पनि सङ्क्रमण फैलिएको डा. रेग्मीले जानकारी दिनुभयाे । डा. रेग्मीका अनुसार उहाँ मधुमेहकाे बिरामी हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ३ः१५ बजे पशुपति आर्यघाटमा राखिनेछ ।
