नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले वाणिज्य बैङ्कहरूको कार्यशैली राष्ट्रिय आवश्यकता, मौद्रिक नीति तथा बैङ्कका सेवाका उत्पादनसँग समन्वित नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामार्फत पनि निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै थप खुकुलो प्रावधान ल्याइएको पनि जनाएको छ ।
सेजन दिवसका अवसरमा विभिन्न विधामा आर्थिक पत्रकारलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा आर्थिक पत्रकारलाई अवार्ड वितरण गरिएको हो । जस अनुसार यस वर्षको सेजन अवार्ड अनलाइन खबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमिल्सेनालाई प्रदान गरिएको छ ।
ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक सम्पत्तिको रक्षामा सबै पक्ष चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ । उहाँले निजी क्षेत्र वा सरकार जोकोहीले सिर्जना गरेको सम्पत्तिको रक्षा पहिलो सर्त रहेको बताउनुभयो ।
पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
जिल्लामा दुई सय १५ जना एचआइभी एड्स सङ्क्रमितको पहिचान भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार, सङ्क्रमितमध्ये अठार जना १८ वर्ष मुनिका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो उपयोग गर्ने नीति अगाडि सारेको छ । गाउँपालिकाले कृषियोग्य बाँझो जग्गामा सामुहिक र व्यवसायिक कृषि खेती अगाडि बढाउन थालेको हो ।
नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड ५० लाख रुपियाँ प्रदान गरेको छ । उक्त रकमसहित कोषमा आइतबारसम्म ११ करोड ८२ लाख रुपियाँ जम्मा भएको छ ।
कोशी, मधेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुलको बक्यौताबापत छ उद्योगले थप किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दोस्रो किस्ता भुक्तान गर्नेमा अशोक स्टिल्सले ६३ लाख, हुलास स्टिल्सले ५० लाख ४३ हजार, हामा आइरनले २० लाख ८९ हजार रुपियाँ भुक्तान गरेका छन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा आफ्नो हतियार र सुरक्षा प्रदान गर्ने कार्यालय जोगाउन नसकेको आरोपमा सशस्त्र प्रहरी बल मुख्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने तथा वडा नं. ७ का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मासमेत आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ ।
नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ । मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।