डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।
जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहनुभएको छ । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उहाँले वार्षिक रु सात लाख बचत गर्दै आउनुभएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
गोरखा नगरपालिका – १० स्थित छेपेटारमा रहेको सामुदायिक विद्यालय तारामाविका कक्षा ९ र १० का विद्यार्थीहरुले कृषि शिक्षालाई कक्षा कोठाबाट खेत सम्म पु–याउदै विद्यालय परिसरमा आलु खेती सुरु गरेका छन् ।
नेपालले पहिलोपटक विश्व बक्सिङ्ग काउन्सिलको वार्षिक सम्मेलनमा औपचारिक प्रतिनिधित्व गरेको छ ।
अन्धकारबाट उज्यालोतिर लैजाने सबैभन्दा सशक्त माध्यम नै शिक्षा हो । शिक्षा देश र समाजको भविष्य हो । हरेक बालबालिकाका निम्ति शिक्षा जीवनको तयारी हो । विद्यालय शिक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ ।
विकास र अर्थतन्त्रबारे अहिले दुई वटा प्रश्न उठेका छन् । पहिलो, अर्थतन्त्रको आन्तरिक सामथ्र्यसमेत सुदृढ हुने गरी विश्वका विभिन्न देशले लागु गरेका असल नीतिलाई नेपाल अनुकूल बनाई कसरी लागु गर्ने ?
गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर– ४ र इस्मा गाउँपालिका वडा नम्बर– २ को संगम पनाहा खोलामा पक्की पुल निर्माण भएपछि यहाँका स्थानीय नागरिकहरु अत्यन्तै खुसी देखिएका छन् ।
महिला नेतृत्व बिरलै मिल्ने अवसर हो । कैयौँ अफ्रिकी मुलुक जस्तो मोजाम्बिक, युगान्डादेखि युरोपेली मुलुक डेनमार्क, इटालीसम्म महिला प्रधानमन्त्री रहेका छन् । छिमेकी मुलुक भारतका राष्ट्रपति द्रौपदी मुर्मू वा बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना, खालिदा जिया महिला नेतृत्वका उदाहरण हुन् । नेपालमै पनि केही समयअघि विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभयो ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् ।
विश्वका विभिन्न मुलुकमा मङ्गलबार अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।
लमजुङको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक स्थल गाउँसहर कालिका मन्दिरको प्रचारप्रसार तथा सत्तल निर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा ६६ लाख २६ हजार ७६० रुपियाँ ७५ पैसा दान सङ्कलन भएको छ । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमा सङ्कलित रकमबाट यहाँ सत्तलसहितका भौतिक संरचना निर्माण गरिने आयोजकले जनाएको छ ।
लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको उर्लाबारी–९, आमबारीमा सुमन थक्लुङले आमाको स्मृतिमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)मुस्ताङले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ ।