भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।
नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१, २०८२) का लागि राजनीतिक दल दर्ताको प्रक्रिया सकिँदा जम्मा १२० दलले दर्ताका लागि निवेदन आयोगमा पेस गरेका छन्।
मुक्त कमैया, कमलरीको हक, अधिकारको लागि वकालत गर्दै आएको मुक्त कमैया महिला विकास मञ्चले पछिल्लो समय उनीहरुको उद्यमशीलता र जीविकोपार्जनमा सहयोग गरिरहेको छ ।
प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ।
महिला हिंसा विरुद्धको १६ दिने अन्तरराष्ट्रिय अभियानको अवसरमा काठमाडौँमा आयोजित दुईदिने हिंसा प्रभावित महिलाको अग्रणी राष्ट्रिय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ।
दाङमा विद्युत अनियमित हुने र लो–भोल्टेजको समस्या समाधानका लागि तीन स्थानमा सवस्टेसन निर्माणसँगै विद्युत विस्तारको काम भइरहेको छ ।
पर्वतको मोदी गाउँपालिकास्थित पातीचौरमा निर्माणाधीन चिस्यान केन्द्र ९ वर्षदेखि अलपत्र छ । चिस्यान केन्द्रका लागि राज्यको २० लाखभन्दा बढी रुपियाँ खर्च गरी निर्माण गरिएको पक्की भवन अहिले प्रयोगविहीन छ ।
नेकपा (एमाले) कालीकोटले सर्वसम्मत प्रतिनिधि चयन गरेको छ । मङसिर २७ गते देखि २९ गतेसम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।
नेपाल कम्युनिस्टपार्टी (एकीकृति माक्र्सवादी, लेनिनवादी) एमालेको ११ औं महाधिवेशनका लागि बैतडीबाट सर्वसम्मत प्रतिनिधि छनौट गरिएको छ । यद्यपि प्रतिनिधि छनौटमा भारी विवाद भएको नेताहरुको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभयो।
चिकित्सा शिक्षा आयोगको बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको छ। बैठकमा शैक्षिक सत्र सन् २०२५–२६ स्नातकोत्तर तह तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटी सिट निर्धारण सम्बन्धी एजेन्डामा छलफल भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबिच प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत रहेका विभिन्न पदाधिकारीहरूबाट वर्षौंसम्म फर्छ्यौट नहुँदै आएको पेश्की रकम हिनामिना भएको ठहर गर्दै सातजनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।