संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबिच प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत रहेका विभिन्न पदाधिकारीहरूबाट वर्षौंसम्म फर्छ्यौट नहुँदै आएको पेश्की रकम हिनामिना भएको ठहर गर्दै सातजनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४९ रन बनायो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताउनुभएको छ ।
आयोजक बागलुङ नगरपालिका (निलो) ले तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाविरुद्ध एकजुट हुनपर्ने बताउनु भएको छ ।
रुकुमपश्चिमको चौरजहारी अस्पतालमा सञ्चालन भएको आँखा शिविरबाट तीन जिल्लाका आँखाका बिरामीले सेवा पाएका छन्। शुक्रबार र शनिबार भएको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरबाट रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लाका बिरामीको उपचार गरिएको छ।
लोमान्थाङ गाउँपालिका –२, छोसेरकी कुन्साङ गुरूङले दुई महिना अगाडि तीन लाखको लगानी कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार सुरू गर्नुभएको छ ।
नेपालका लाग पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ स्थापित कम्प्युटर प्रयोगशालाको उद्घाटन र हस्तान्तरण गर्नुभयो ।
आइतबार बिहान भएको पूर्वी सम्मेलन (इस्टर्न कन्फरेन्स) को फाइनलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ५–१ गोलले हराउँदै उपाधि जितेको छ ।
स्थानीय उत्पादन प्रवर्धन, बजारीकरण तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने हाट बजार र भर्याङ्ग कालिका मेलाको तयारी तीव्र पारिएको छ ।
लुम्बिनी प्रदेशका कुल १२ जिल्लामध्ये जीवन बिमा गर्नेको सबैभन्दा धेरै सङ्ख्या रूपन्देहीमा रहेको छ । त्यसपछि क्रमशः बाँके, दाङ, कपिलवस्तु, नवलपरासी, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्ला रहेका छन् ।
बागलुङमा सर्वाधिक पुरस्कार राशीको ‘मेयर कप’ फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय सङ्कटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ।
नेकपा (एमाले) हुम्लामा एघारौ महाधिवेशन प्रतिनिधि छनाेट कार्य सर्वसम्मत रूपमा छनाेट गर्ने प्रयास जारी राखेको छ । अब चारजना मात्र प्रतिनिधि छनौट हुन बाँकी रहेको भए पनि आकांक्षी बढी भएपछि छनौट कार्य लम्बिएको हो ।