बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण बेभरेज नेपाल प्रा.लि.का व्यवस्थापक रामकिशोर सिंहको जघन्य हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गर्नुभएको छ ।
माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बिच ऐतिहासिक एकता घोषणा भएको छ।
गोरखामा बस दुर्घटना हुदाँ २१ जना घाइते भएका छन्। गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको मिनिबस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटना हुदाँ २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
निकुञ्जले २०८२ सालको सुरुवातबाटै सुरु गरेको जङ्गल सफारीका लागि आउने पर्यटकको संख्या र माग बढ्दै जाँदा निकुञ्ज वरिपरिका होटल र होमस्टेले जीप राखेर जङ्गल सफारी सञ्चालन गरेका छन् ।
आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ ।
काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहजता भएको छ । योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यतासमेत हटेको छ ।
भगवान गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम स्तुपामा गत दश महिनाको अवधिमा १५ हजार ३८ जना विदेशी पर्यटक तथा बुद्ध धर्मावलम्बीले भ्रमण गरेका छन् । संरक्षण अभावमा ओझेलमा पर्दैआएको स्तुपा क्षेत्रमा आन्तरिक सँगै बाह्य पर्यटकको समेत चहलपहल बढेको हो ।
पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।
बाजुराका एक किशोर धनगढीबाट बेपत्ता भएका छन् । जिल्लाको बुढीनन्दा–७ का १६ वर्षीय लोकराज जैशी कैलालीको धनगढीबाट बेपत्ता हुनुभएको हो ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।