• १५ मंसिर २०८२, सोमबार

ट्रक दुर्घटना हुँदा चालक घाइते

blog

दुर्घटना ग्रस्त अवस्थामा रहेको ट्रक ।

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर १५ गते । बेनी दरवाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका –४ र मंगला गाउँपालिका –२ को सिमाना घुमाउनेभीरमा ट्रक दुर्घटना हुँदा चालक घाइते हुनुभएको छ । 

भैरहवादेखि म्याग्दीको मालिका गाउँपालिका –६ का लागि सिमेन्ट ल्याएर आएको ग २ ख ०८४० नम्बरको ट्रक आइतबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक तानसेन नगरपालिका –८ मदनपोखरा पाल्पाका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा घाइते हुनुभएको छ । घाइतेको राति नै उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीनसय ४० बोरा सिमेन्ट बोकेर आएको ट्रकमा रहेको सिमेन्ट खोलामा डुबेको छ ।