जन्म र मृत्यु शाश्वत सत्य भए पनि सुदूरपश्चिममा यही प्रक्रियालाई अपवित्र मान्ने चलन कायमै रहेको छ । महिनावारीलाई नानी छाउ, सुत्केरीलाई ठुली छाउ, मान्छेको मृत्यु भए मडेछाउ र शिल्पकार समुदायको जातीय छाउ मान्ने कुरीति कायमै छन् ।
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन् ।
देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् ।
भारतमा हालै सम्पन्न भएको १२ औं राष्ट्रिय ड्रैगन बोट प्रतियोगितामा महोत्तरीका राजु महतोले उत्कृष्ट प्रदर्शन गर्दै दुई वटा काँस्य पदक जित्न सफल हुनुभएको छ ।
बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा धेरै अपाङ्गता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको विषय अहिले पनि नाजुक अवस्थामा रहेको पाइन्छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।
गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला धर्तीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला सहिद रोलान् हामीले उन्नति गरेर नगए । – कवि भूपि शेरचन
नेपालमा विद्यालयदेखि उच्च शिक्षासम्म सिकाइमा सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्न धेरै प्रयास भएका छन् । शिक्षण संस्थाका लागि भवन, पुस्तकालय तथा प्रयोगशाला जस्ता भौतिक अवस्थामा ध्यान दिनुका अतिरिक्त समय अनुसार पाठ्यक्रम निर्माण, प्रबोधीकरण, तालिम, पुनर्ताजगी तालिम, शिक्षण सामग्री निर्माण र शिक्षण विधिका बारेमा धेरै लगानी भएको छ । शैक्षिक जनश
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ ।
जेनजी पुस्ताले मुलुकमा सुशासन नभई अनियमितता तथा भ्रष्टाचार बढेको भन्दै आन्दोलन गरी सत्ता नै परिवर्तन गरिदिए । राज्यव्यवस्थामा स्थायी सरकार भनेको कर्मचारीतन्त्र हो । निर्वाचित सरकार त आवधिक हिसाबले परिवर्तन
गुल्मीमा ३३ लाखभन्दा बढी विद्युतको बक्यौता उठाउन बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका सूचना अधिकारी भरत पोखरेलका अनुसार विद्युत उपयोग गरी ६० दिन कटेका सेवाग्राहीहरुबाट ३३ लाख ११ हजार ८१७ रुपियाँ विद्युतको बक्यौता उठाउन बाँकी रहेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र १९८१ साल चैत १० गते सोमबार गहुँको बजार ।
१. सार्वभौम साखका लागि अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ता संस्था फिच रेटिङले गरेको मूल्याङ्कनमा नेपालले सन् २०२५ मा कुन रेटिङ प्राप्त गरेको छ ? बिबी माइनस (गत वर्षकै यथावत्) – फिच रेटिङले गरेको दोस्रो पटकको सार्वभौम सा
धौलागिरि र अन्नपूर्ण हिमालको सुन्दर दृश्यको अवलोकन गर्न सकिने म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानी गाउँ पर्यटकको पर्खाइमा छ । तोरीपानीको मुख्य परिचय यहाँ उत्पादन हुने मसलेदार टिमुर, शान्त वातावरण र हिमालको मनोरम दृश्य हो ।
बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।