ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश छ ।
प्रशासनिक जवाफदेहिता १. प्रशासनिक न्याय निरूपण भनेको के हो ? यसको आवश्यकता किन पर्छ ? चर्चा गर्नुहोस् । प्रशासनिक निकायहरूले न्यायिक प्रक्रिया अवलम्बन गरी विवाद निरूपण गर्ने कार्यलाई प्रशासनिक न्याय निरूपण भनिन्छ । यसमा प्रशासनिक निकायले कानुनप्रदत्त अधिकारको प्रयोग गरी न्यायिक ढङ्गले सुनुवाइ गरी निर्णय
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।
विलुप्त हुन लागेको सुदूरपश्चिमको मौलिक कला संस्कृति हो ठाडो खेल । देवीदेवताको बखान, राजा रजौटा, वीर पुरुषको गाथा र उहाँहरूको मायाप्रेमको कथालाई समेत ठाडो भाकामा गीत गाउँदै गोलबद्ध भएर पैतला अघिपछि सार्दै दायाँबायाँ घुमेर हल्का बसे जस्तो गरेर ठाडो खेल खेलिन्छ ।
साहित्यकार तथा वरिष्ठ समालोचक डा. नारायणप्रसाद पन्थ नवजागृति पुस्तकालय बुटवलद्वारा स्थापित कविरत्न माधवप्रसाद देवकोटा पुरस्कार–२०८२ बाट सम्मानित हुनुभएको छ । समालोचना तथा लुम्बिनी प्रदेशको नाट्य विधाको अन्वेषणमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई यो पुरस्कार प्रदान गरिएको पुस्तकालयले जनाएको छ ।
वालिङ नगरपालिकाले पहिलोपटक आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव–२०८२ आजदेखि सुरु हुँदैछ । “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धि, हाम्रो चाहना” भन्ने नारासहित १९ गतेसम्म चल्ने महोत्सवका सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।
अरुपण आर्ट ग्यालरीले छमहिने निःशुल्क आधारभूत कला प्रशिक्षणका लागि १५ जना विद्यार्थी छनोट गरेको छ । सो ग्यालरीले गैरीधारास्थित टङ्गाल माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने चित्रकलामा रुचि राख्ने १५ जना विद्यार्थीलाई छनोट गरी कला प्रशिक्षण दिन सुरु गरेकोे हो ।
सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘नेवा मैचा बौचा नेपाल संवत् ११४६’ मा नेवा मैचातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठले उपाधि जित्नुभएको छ ।
चलचित्र ‘बिगुल’ को फस्र्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
धनकुटा नगरपालिका–२, चापेका कृषक अमृत रानामगरले आफ्नो बारीमा लगाएको किवी अहिले सबै मास्नुभएको छ । विसं २०७० देखि किवी खेती सुरु गर्नुभएका मगरले करिब पाँच रोपनी क्षेत्रफलमा किवी लगाउनुभएको थियो । विभिन्न रोगकिराले सताएपछि उहाँको बारीमा अहिले केही बोट मात्रै किवी छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
बाँकेको कोहलपुरस्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा पिठो (आँटा) भेटिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।