विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिसियन्सी भाइरस (एचआइभी)को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बारे रहेको व्यापक उत्साहका बिच यसको प्रभावले विश्वका धनी र गरिबबिचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ ।
छैठौँ बेँसीसहर नगर कपको उपाधि बेँसीसहर नगरपालिका वडा ११ चितिले जितेको छ । बेँसीसहर नगरपालिका-१०, बाँझाखेत र ११ चितिबिच भएको फाइनल खेलमा ट्राइब्रेकरमा वडा ११ ले जित हात पारेको हो ।
बाजुराको सदरमुकाम मार्तडीस्थित एक ग्यारेजमा आगलागी भएको छ । मंगलबार दिउँसो विद्युत सर्ट हुँदा सदरमुकाम मार्तडीस्थित प्रकाश थापाको ग्रिल, फर्निचर उद्योग तथा ग्यारेजमा आगलागी भएको हो ।
रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा-२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ ।
अभिभावकमा सचेतनाको अभावका कारण ग्रामीण समुदायका महिलाहरु अझै लैङ्गिक हिंसाबाट पीडित हुनेगरेको महिलाहरुले बताएका छन् ।
मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखाको सहिद लखन थापा गाउँपालिका वडा नं ६ का दीपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ ।
संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्ररूपमा चिन्तित बनेको छ ।
ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई विभिन्न दाताबाट सहयोग प्राप्त भएको छ ।
गोरखापत्र संस्थानमा कार्यरत दुईजना कर्मचारी अनिवार्य अवकाशपछि आज संस्थानबाट विदाई हुनुभएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरुलाई एक कार्यक्रमबिच विदाई गर्नुभयो ।
भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् । रुघाखोकीका बिरामी अहिलले जाडो बढेसँगै बढेका हुन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटनस्थित पहेँलपुर तोरी खेती ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४४ दशमलव ७० को विन्दुमा कायम भएको हो ।
राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुको बारेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।