पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्नेगरी पुरस्कार स्थापना गरिएको हो ।
अस्ताउँदो सूर्यको किरणमा सुनजस्तै पहेँलो देखिएका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल । बेनी नगरपालिका ९ तोरीपानीबाट धवलागिरी,अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खलाको साँझपखको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताउनुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री बनाउने नाममा सरकारी रकम हिनामिना गरिएको आरोपमा नौजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो।
सुदूरपश्चिम प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह÷श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग गर्दै गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
स्वास्थ्य तथा जनसङ्या मन्त्री डा.सुधा गौतमले जेनजी आन्दोलनबाट बनेको सरकारको प्राथमिकता नै भ्रष्टचार मुक्त देश बनाउने रहेको बताउनुभयो ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ । कर्णाली याक्सका मार्क वाटले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।
मङ्गलबार दिउँसो एमाले पार्टी कार्यालय पुग्नुभएका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पारेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्क अनुसार आठ १०९ जनामा डेङ्गु पुष्टि भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएलं) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको चुनौती दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सका एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभएको छ । मङ्गलबार कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्नुहुँदै उहाँले शतक पूरा गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ।