• १६ मङ्सिर २०८२, मङ्गलबार

समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग

blog

गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षपत्र बुझाउँदै।

अविनाश चौधरी

धनगढी, मङ्सिर १६ गते। सुदूरपश्चिम प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह÷श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग गर्दै गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। 

आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उनीहरुले गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन। नेपाल सरकारले २०७६ वैशाख १६ मा प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको विपरित रहेको उनीहरुको ठहर छ। संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारिताको भावनानुसार समान तह÷श्रेणीका कर्मचारीहरुको मर्यादाक्रम तीनवटै तहमा एउटै हुनु पर्ने उनीहरुको माग छ। 

तीनै तहमा कार्यरत निजामती कर्मचारीबिच मर्यादाक्रमका कारण सिर्जित असमानता हटाइएमा संघीय प्रशासनिक संरचना थप प्रभावकारी, कार्यशील हुने उपसचिवहरुको ठहर छ। 

यसैबिच, गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको स्थलगत निरीक्षण गर्नु भएको छ। 

क्षतिपछि भौतिक अवस्था र सञ्चालन व्यवस्थाबारे जानकारी लिनका लागि  उहाँले मुख्यमन्त्री तथा मन्त्रीरिषद् कार्यालयको निरीक्षण गर्नु भएको हो। त्यस क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनको क्रममा कार्यालयमा भएको क्षति र हाल पुनःसञ्चालनका लागि भइरहेको व्यवस्थापनबारे ब्रिफिङ गर्नु भएको थियो। 

गृहमन्त्री अर्यालले क्षतिग्रस्त पूर्वाधार निर्माण तथा प्रशासनिक सेवा नियमित गर्ने कार्यमा संघीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।