राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
आयोजना तथा कार्यक्रमका लागि निश्चित शीर्षक नतोकी बजेट राख्ने प्रवृत्ति अन्त्य गरिने भएको छ । भागबन्डा नगरिएको अर्थात् ‘अबन्डा’ भनिने त्यस किसिमको बजेट नराख्ने विषयमा तीन वटै तहका सरकार सहमत भएका हुन् ।
६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लामो समयदेखि रोकिएको बुटवल कृषि उपज थोक बजारको सटर भाडामा लगाउने टेन्डर प्रक्रिया अब अघि बढ्ने भएको छ । सरकारी निर्देशन अनुसार ६८ वटा सटरको टेन्डर खुल्ने तयारी भएको हो ।
उपभोक्ता अदालत गठन भएको आठ महिनामा २८ वटा मुद्दा दर्ता भएकोमा १३ वटा फस्र्योट भएका छन् । जसमा पाँच वटा मुद्दाको फैसला, दुई वटा मुद्दामा मिलापत्र भएको छ भने छ वटा मुद्दा फिर्ता भएका छन् ।
मुलुकबाट वार्षिक २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो ।
नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको आर्थिक अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
स्थानीयको विरोधपछि निर्माण बन्द रहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दीबेंसी जलविद्युत आयोजनाको भविश्यबारे अन्योलता कायमै रहेको छ ।
बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइल खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका हुन् ।
नेकपा (एमाले) ले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा साङ्घातिक हमला भएको भन्दै निलम्बन गरेको हो ।
इन्डोनेसिया, श्रीलङ्काका सरकार र राहत समूहहरूले मङ्गलवार बाढीपीडितलाई सहायता पुराउन तीव्र प्रयास गरेका छन् । चार देशमा बाढीका कारण हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाले आक्रमण गर्दा एक युवती घाइते हुनुभएको छ । बारबर्दिया नगरपालिका –४ जगतियाकी १८ वर्षीया अजिता थारू घाइते हुनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक संशोधनसहित अगाडि बढ्ने बताउनुभएको छ।