शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेरबहादुर सार्की
बाजुरा, मङसिर १६ गते । बाजुराको सदरमुकाम मार्तडीस्थित एक ग्यारेजमा आगलागी भएको छ ।
मंगलबार दिउँसो विद्युत सर्ट हुँदा सदरमुकाम मार्तडीस्थित प्रकाश थापाको ग्रिल, फर्निचर उद्योग तथा ग्यारेजमा आगलागी भएको हो ।
ग्यारेजमा आगलागी हुँदा झण्डै दुई करोड भन्दाबढीको क्षति भएको जिल्ला प्रहरीका कार्यालय बाजुराले जनाएको छ ।
दम्कल नहुँदा आगो निभाउन निकै सकस भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताउनुभयो ।
आगलागीबाट ग्रिल, फर्निचन र ग्यारेजमा राखेका सबै सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको अधिकारी जोशीले बताउनुभयो ।