शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १६ गते । राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुको बारेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
पूर्व सञ्चारकर्मीसमेत रहनुभएकी कार्कीले देशको अवस्था जनताले चाहेको जस्तो अझै नरहेको पनि बताउनुभयो । युवाले चाहेको सपना अझै पूरा हुन नसकेको उहाँको भनाइ छ ।
विगतको नेपालको राजनीतिले देश, जनता र युवालाई छुन नसक्दा आक्रोशले गत भदौ २३ र २४ गतेको आन्दोलन भएको बताउनुभयो । तर आन्दोलनले पनि राष्ट्रका लागि केही गर्न नसकेको उहाँले उल्लेख गर्नुभएको छ ।
देश पेण्डुलम अवस्थाबाट गुज्रिरहेको जिकिर गर्नुभयो । कार्कीले लोकतान्त्रिक व्यवस्थामा पनि देश अगाडि बढ्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो ।